लमहीमा स्विफ्ट ईञ्जिनिरिङ कन्सलटेन्सी संचालनमा

देउखुरी, ३ चैत
लमहीमा नयाँ व्यवस्थापनका साथ स्विफ्ट ईञ्जिनियरिङ कन्सलटेन्सी संचालनमा आएको छ । बिगत चारवर्ष युनिभर्सल ईञ्जिनियरिङ क्याम्पस ललितपुरमा अध्ययनरत मनिस बिएमले अहिले आफ्नै क्षेत्र लमहीमा ईञ्जिनियरिङको काम सुरुवातको थालनी गरेको बताउनुभयो ।
उहाँले नेपालमा भुकम्प गइरहेको कुरा अवगतनै छ । सोही क्षेत्रलाई मध्यनजर गर्दै भुकम्प प्रतिरोधक भवनहरु निर्माण गरौ भन्ने उद्देश्यका साथ ईञ्जिनियरिङ कामलाई तिब्रता दिइ अगाडि बढेको बताउनुभयो ।
लमही नगरपालिका नगर क्षेत्र अन्तरगतका घर नक्सा पास, इच्छा अनुरूप आकर्षक भवन डिजाईन, घर निर्माण तथा अफिस बास्तु अनुसारको आधुनिक डिजाइनहरू निर्माण गरिने संस्थाका प्रबन्धक मनिस बिएमले जानकारी दिनुभयो ।
यस्तै अनुभवि ईञ्जिनियरद्वारा निर्माणको नियमित निरिक्षण तथा जग्गाको धितो मुल्यक गरिने र घर निर्माणमा लाग्ने स्टिमेट डिजाइन तथा मास्टरपलान्ट डि.पि. आर तयारी गरिने संस्थाका प्रबन्ध मनिस बिएमले जानकारी दिनुभयो ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *