देउखुरीमा बढ्यो अगाँलागीको घटना ‘लमहीमा छ वटा घर जलेर खरानी’


शिवु खनाल
दाङ, ३ चैत
गर्मीयाम सुरु भएसंगै दाङ सहित देउखुरीका विभिन्न क्षेत्रमा आँगलाीको घटनाहरु बढ्दै जान थालेको छ । प्राय बिद्धुतको तार सट भइ खरका छाना भएको घरमा आगँलागीको घटना बढ्दै गएको छ । आँगलागीको घटना बढ्दै गर्दा त्यस्तो विपद्बाट जोगिने र समयमै सचेना अपनाउने विषयमा सम्बन्धीत सरोकारवालाहरुले कुनै चासो नदेखाएको पाइएको हो । दिनप्रतिदिन आगँलागीका घटनाहरु बढ्दै गर्दा गाउँ–गाउँमा पुगेर आँगलागी न्यूनिकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा जनचेतनामुलक गतिविधिहरु नगरी सम्बनधीत निकाय नै मौन बसेकाले यस्ता घटनाहरु बढ्दै जान थालेको स्थानियहरुको भनाई छ ।
सोमबार लमहीमा आँगलागी हुदाँ छवटा खरका छाना भएको घर जलेर खरानी भएको छ । लमही नगरपालिका वडा नम्बर ६ राप्ती टोल विकास संस्था (ढिकपुर) स्थित विहान दश बजे विद्युत्को तार सट भइ छवटा खरका छाना भएको घरमा आँगलागी भएको राप्ती टोल विकास संस्थाका अध्यक्ष अनुप बुढा मगरले जानकारी दिनुभयो । आगँलागीबाट छवटा घर जलेर करिब बीस लाख बराबरको क्षती भएको लमही नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष गणेशमान चौधरीले जानकारी दिनुभयो । आँगलागीबाट घरमा रहेको टिभि, दराज फर्निचरका सामाग्री, भकारीमा रहेको अन्नपात, लुगापत्ता सबै जलेर नष्ट भएको छ । लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल र वडा प्रहरी कार्यालय लमही, शसस्त्र प्रहरी, नेपाली सेना, डि.एन वाटर सप्लायर्स, गोरखा माविका विद्यार्थी र स्थानियको सहयोगमा आँगो नियन्त्रणमा ल्याइएको थियो ।
आँगलागीबाट ढिकपुर निवासी बलिराम चौधरी, सर्जु चौधरी, बसन्त चौधरी, प्रेम चौधरी, कान्छू चौधरी, रेमशबहादुर बुढाको घर जलेर नष्ट भएको राप्ती टोल विकास संस्थाका अध्यक्ष अनुप बुढाले जानकारी दिनुभयो । गार्मीयाम सुरु भएसंगै देउखुरीका विभिन्न क्षेत्रमा आँगलागीको घटना सुरु भएको छ । केही दिन अगाडी गढवा, कोइलाबास र सुकौलीनाकामा आँगलागीबाट घर जलेर नष्ट भएको थियो ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *