बंगलाचुली गाउँपालिका उपाध्यक्ष घर्तीको ठाडो आदेशमा मिलापत्र कागज


शिवु खनाल
देउखुरी, ४ चैत
बंगलाचुली गाउँपालिका उपाध्यक्ष यमुना घर्ती सवार सरकारी गाडीको सिमा फुटाएको आरोपमा पवनकुमार यादवलाई नियन्त्रणमा लिइ उपाध्यक्ष घर्तीको ठाडो आदेशमा सबै खर्च व्यहोर्नुपर्ने भन्दै इलाका प्रहरी कार्यालय गढवामा जबरजस्ती मिलापत्रको कागज गराएको जाल्पा सामुदायिक लधुवित्त वित्तिय संस्था गढवाका प्रमुख पुष्पा पुलामीले आरोप लगाउनु भएको छ । यादव जाल्पा सामुदायिक लधुवित्त वित्तिय संस्था गढवामा कार्यरत कर्मचारी हुनुहुन्छ । मंगलवार दिउँसो अफिसको फिल्ड सकेर फर्किने क्रममा पवनकुमार यावदको रा ५ प ९६ ४६ नम्बरको मोटरसाइकलले ढुङ्गा उछिट्ठीएर बंगलाचुली गाउँपालिका उपाध्यक्ष यमुना घर्ती सवार रा १ झ १५१ नम्बरको सरकारी गाडीको अगाडि पट्ठीको सिमा फुटाएको भन्दै यादवलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय गढवामा जबरजस्ती मिलापत्रको कागज गराएको जाल्पा सामुदायिक लधुवित्त वित्तिय संस्थाका प्रमुख पुष्पा पुलामीले जानकारी दिनुभयो ।
‘दिउँसो तिन बजे अफसमा कसैलाई केही नसोदी एक्कासी छजना प्रहरीले कर्मचारी पवनकुमार यादवलाई प्रहरी कार्यालयमा हजुरको नम्बर टिपाएको छन् भन्दै प्रहरीले आफ्नो हिरासतमा लगे पश्चात् बंगाचुली गाउँपालिका उपाध्यक्ष यमुना घर्ती आवेशमा आएर फुटेको सिमा मर्मतमा २६ हजार खर्च मध्य तेह्र हजार खर्च मोटरसाइकल धनीले व्यहोर्नुपर्ने भन्दै जबरजस्ती मिलापत्रको कागज गराएको हो, संस्थाका प्रमुख पुलामीले भन्नुभयो ।’ यता बंगलाचुली गाउँपालिका उपाध्यक्ष यमुना घर्तीले भने मोटरसाइकल द्रुत्तगतीमा हाम्रो गाडीसंग क्रस हुने क्रममा मोटरसाइकलले ढुङ्गा उछिट्ठीएर गाडीको सिमा फुटाएको आरोप लगाउनुभयो । यस्तै दुबैजनाले आधा आधा व्यहोर्ने सर्तमा मिलापत्रको कागज गरेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *