जंगल आसपाका स्थानियहरुले वनमा आँगो लगाउँने प्रविद्धि अन्त्य गर्न आवश्यक ः

शिवु खनाल
देउखुरी, ५ चैत
हुरी बतासको मौसम शुरु भएसंगै वन–जंगलमा फेरि डढेलो लागेका खबरहरु आइरहेको बेला डिभिजन वन कार्यालय दाङ देउखुरीले समुदायहरुमा पुगेर वन डढेलो नियन्त्रण तथा रोकथामका प्रयास बारे जानकारी गराउदँै आएको छ । सुख्खा यामसंगै वन–जंगलमा डढेलो लाग्ने क्रम बढ्ने भएकोले वनमा डढेलो नियन्त्रणको लागी समुदायहरुमा पुगेर डढेलो नियन्त्रण प्रयास बारे जानकारी गराइएको डिभिजन वन कार्यालय दाङ देउखुरीका प्रमुख बेसिन्द्रराज सुबेदीले जानकारी दिनुभयो । मंगलवार वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी अन्तरक्र्रिया गोष्ठ कार्यक्रममा गतवर्ष लकडाउनका कारण वन डढेलोको घटना नभएको प्रमुख सुबेदीले बताउनुभयो । उहाँले भन्नुभयो,–। ‘कोरोना भाइरस (कोभिड १९)को संक्रमण नियन्त्रण तथा रोकथामको लागी नेपाल सरकारले गरेको लकडाउनमा स्थानियहरु वन प्रवेश गर्न नपाएको र वर्षभरी पानी परेको कारणले वन डढेलो नियन्त्रणमा आएको हो ।’
यद्यपी दाङ जिल्ला वन डढेलोको हिसाबले संबेदनशिल जिल्लामा पर्नुका साथै तेह्र स्थानमा पर्छ । एक अध्यनका अनुसार ०६४ देखि ०६९ को अबधिमा ११७.१८ हे.वन डढेलोको कारण विनाश भएको र जसमध्य तिन हजार नाँै सय ७७ रुख जलेर नष्ट भएको थियो भने तिस हजार छसय ९८ लाथ्रा मरेको थिए भने एकवटा हुँडार मरेको थियो, प्रमुख सुबेदीले भन्नुभयो ।
वन तथा वातावरण संरक्षण केन्द्र गढवाका अध्यक्ष उमाकान्त पन्थले सबैको सहयोग विना वनमा लागेको डढेलो नियन्त्रण गर्न नसकिने बताउनुभयो । आफ्नो बस्ती जोगाउँने नाममा जंगल आसपाका स्थानियहरुले वनमा आँगो लगाउँदा वन क्षेत्रमा डढेलो बढ्ने गरेको अध्यक्ष पन्थको भनाइ छ । उहाँले भन्नुभयो,–। ‘वन डढेलो नियन्त्रण गर्नको लागी जंगल आसपाका स्थानियहरुले वनमा आँगो लगाउँने प्रविद्धि अन्त्य गर्न आवश्यक रहेको छ । वनमा चोरी सिकारीहरुले आँगो लगाएर वन्यजन्तुको सिकार गर्ने भएको हुनाले त्यस्ता नकारात्मक क्रियाकला नियन्त्रण तथा रोकथाम गर्न सामुदायिक वन कार्यालयले वन हेरालु परिचालित गरि निगरानी बढाउन आवश्यक रहेको छ ।’
यस्तै कार्यक्रममा रेडियो हाइबेका प्रबन्धक निर्देशक केपी घिमिरेले देउखुरी क्षेत्रका सामुदायिक वनहरुसंग भएको डढेलो नियन्त्रणका उद्धारा सामाग्री के कस्तो अवस्थामा छन्, त्यस तर्फ डिभिजन वन कार्यालयले ध्यान दिन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, वनमा डढेलो लाग्नुभन्दा पहिलेनै समुदायमा जनचेतनाका कार्यक्रम अगाडि सार्नुपर्ने कुरामा जोड दिदैँ, वन कार्यालय व्यक्ती प्रती नभइ संस्था प्रती उत्तरदायि बन्न आग्रह गर्नुभयो ।
यस्तै कार्यक्रममा सशस्त्र प्रहरी बल ४१ नं. रिजर्भ गण हेक्वा अर्जुनखोलाका नायब उपरिक्षक केशव थापाले वन डढेलो नियन्त्रणमा वन कार्यालयको समन्वयको आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो,–। जब वनमा डढेलो लाग्छ त्यतीबेला मात्रै हाम्रो आवश्यक छ हुन्छ । त्यो भन्दा अगाडि हामीसंग स्रोतसाधनको अवस्था केछ भन्ने कुनै निकायलाई सरोकार हुदँैन । जनशक्ती छ तर स्रोतसाधान छैन ।’ यता पत्रकार राधेश्याम गुप्ताले देउखुरी क्षेत्रका सामुदायिक वनका अध्यक्षहरुलाई वन डढेलो नियन्त्रण तथा रोकथामको प्रयास जानकारी गराउन जरुरी रहेको तर्क राख्नुभयो ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *