लैंगिक हिंसा तथा सामाजिक गलत अभ्यास न्युनिकरण सम्बन्धी १ दिने अभिमुखिकरण सम्पन्न

 

रुकुम,सानिभेरी गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा महिला जनप्रतिनिधीहरुको लागि लैंगिक हिंसा तथा सामाजिक गलत अभ्यास न्युनिकरण सम्बन्धी १ दिने अभिमुखिकरण सम्पन्न गरिएको छ ।
सिम्ली स्थित महिला सहकारीको हलमा भएको उक्त अभिमुखिकरणमा लैंगिक हिंसा¸ सामाजिक कुरीति कुसंस्कार तथा सामाजिक दुर्व्यवहार न्युनिकरणमा महिला जनप्रतिनिधीको भूमिका महत्वपूर्ण हुने भएकाले महिला जनप्रतिनिधीहरुलाई शसक्त बनाउने यद्धेश्यले उक्त अभिमुखिकरणको आयोजना गरिएको सहायक महिला विकास निरिक्षक लिला शर्माले जाकारी दिनुभयो ।
सानिभेरी गाउँपालिका अध्यक्ष इन्दिरा ओलीको अध्यक्षतामा भएको अभिमुखिकरणमा गाउँपालिका अध्यक्ष नरबहादुर पुनको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत भूपाल सिं विष्ट¸ लेखा अधिकृत नरेन्द्र विष्ट को आथित्यता रहेको थियो भने ११ वटै वडाका महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन तथा सहजिकरण सहायक महिला विकास निरिक्षक लिला शर्माले गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *