उद्योग वाणिज्य महासंघको केन्द्रीय आमन्त्रित सदस्यमा बुढाथोकी

घोराही, ६ फागुन । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय आमन्त्रित सदस्यमा दाङका सफल युवा व्यवसायी खड्क बुढाथोकी चयन हुनुभएको छ ।
महासंघको बैठकले दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व उद्योग उपाध्यक्ष समेत रहनुभएका बुढोथोकीलाई आमन्त्रित सदस्यमा मनोनित गरेको हो । बुढाथोकी दाङका प्रतिष्ठित व्यवसायी हुनुहुन्छ ।
यसैबीच दाङ जिल्ला उद्योग वाणिज्य संघले रिक्त रहेको दुईत सदस्य पदमा मनोति गरेको छ । संघको बैठकले व्यवसायीहरु सन्तोष सोनी र मित्रदेव अधिकारीलाई सदस्यमा मनोनित गरेको दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *