हत्या आरोपमा ४ जना पक्राउ

भैरहवा, चैत ७। रुपन्देहीको सिद्धार्थनगर ९ निवासी घनश्याम कोइरीको हत्या आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत चैत्र २ गतेदेखि हराइरहेका कोइरीको चैत्र ५ गते ओमसतिया गाउँपालिका ४ पर्सौनीमा शव फेला परेको थियो ।

पक्राउ पर्नेमा रूपन्देहीको सिद्धार्थनगर नगरपालिका ९ का १९ वर्षीय रहेमान अली, २६ वर्षीय सुनिल गुरुङ, २८ वर्षीय मुख्तार पठान र २१ वर्षीय धर्मराज अहिर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाका अनुसार पक्राउ गरिएका व्यक्तिहरुले चैत २ गते घनश्यामलाई हातपात तथा कुटपिट गरेको र सोही दिन उनलाई हत्या गरी खेतमा छाडेको भन्ने खुल्न आएकोले उनीहरुलाई पक्राउ गरिएको हो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *