दंगिशरणमा लघु उद्यम कार्यक्रम संचालन

दिप्तीशिखा चौधरी, दंगीशरण ।
दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले नागरीकहरुलाई आर्थीक रुपमा बलीयो बनाउँनका लागि गाउँपालिकाले लघु उधम कार्यक्रम संचालन गरेको बताउँनु भएको छ । “गरीवि निवारण कार्यक्रम अन्र्तगत गाउँपालिकाले दंगीशरण गाउँपालिकाको वडा न १ र ४ का नागरीकहरुलाई उधमी बनाउँने उद्धेश्यका साथ कार्यक्रम संचालन गरिरहेको छ तपाईहरु हिम्मतका साथ अगाडि बढ्न जरुरी छ” अध्यक्ष चौधरीले भन्नुभयो ।

“विकासका कामहरु अगाडि बढीरहेका छन् बढ्दै जानेछन् तर नागरीकहरुको जिवन स्तर अव उठाउँनु पर्छ भन्ने अवको हाम्रो योजना छ यसमा सबै मिलेर अगाडि जाउँ” उहाँले भन्नुभयो । दंगीशरण गाउँपालिकाको आयोजनामा वडा नम्बर १ स्थीत फुर्केसल्लीमा ब्यवसाय सचेतना तथा लैंगीक समानता तथा सामाजिक समावेशिकरण तालीममा उहाँले यस्तो बताउँनुभएको हो । कार्यक्रमा उधम सहजकर्ता किरण पोख्रेलले कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा २० जना महिला र पुरुषहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको शहजीकरण उधम सहजकर्ता सुसीला डांगीले गर्नुभएको थियो । वडा अध्यक्ष श्रीप्रशाद चौधरीको अध्यक्षता एंव गाउँपालिका अध्यक्ष भागिराम चौधरीको प्रमूख आतीथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको हो । आठ दिन सम्म संचालन हुने तालीममा ब्यवसाय कसरी गर्ने सफल उधमी कसरी बन्ने भन्ने विषयमा सहभागिहरुलाई जानकारी गराईनेछ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *