दाङ महिला जेसिजद्वारा अग्नि पिडितलाई राहत वितर

 


दाङ,  । दाङ महिला जेसिजले लमहीका अग्नी पिडितलाई राहत वितरण गरेको छ । जेसिजले लमही नगरपालिका वडा नम्बर ६ ढिकपुर राप्ती टोलका आगलागी पिडितलाई राहत वितरण गरेको हो ।

महिला जेसिजका अध्यक्ष ममता विष्टको अध्यक्षता तथा लमही–६ का वडा सदस्य कृष्ण खत्रीको प्रमुख आतिथ्यता एवं राप्ती टोलका अध्यक्ष अनुप बुढामगरको विशिष्ठ आतिथ्यतामा एक कार्यक्रम गरि राहत वितरण गरिएको हो ।

जेसिजले आगलागी पिडितलाई ९ थान सिरक र डसना, २ बोरा चामल लगायत दैनिक उपभोग्य सामाग्रि वितरण गरेको अध्यक्ष विष्टले जानकारी दिनुभयो । समाजसेवी रेशमराज पाण्डेको सहयोगमा राहत वितरण गरिएको हो ।

जेसि सुजन पौडेलको आस्थापाठ र कार्यक्रम संयोजक जेसि नोमीका चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण कार्यकारिणी उपाध्यक्ष संगिता गिरीले गर्नुभएको हो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *