घोराहीको मुख्य केन्द्र तुलसीपुर चोकमा कालोपत्रेको काम सुरु


दाङ, । घोराहीको मुख्य केन्द्र तुलसीपुरचोकको सडकमा आधा दशकपछि कालोपत्रेको काम सुरु भएको छ । जग्गा विवादका कारण घोराही तुलसीपुर सडकखण्ड अन्तर्गत घोराही बजारमै करिब ५ बर्षदेखि अलपत्र अवस्थामा रहेको सडकमा अहिले कालोपत्रे गर्न सुरु गरिएको छ ।

सडक कालोपत्रे नहुदा धुलो तथा हिलोका कारण नागरिकहरु आजित भएका कारण व्यापक जनगुनासो बढेको थियो । जग्गा विवादका कारण सडक कालोपत्रे गर्ने काम लामो समयदेखि हुन नसकेको अवस्थामा जनगुनासो आएपछि अहिले सडकको चौडाई घटाएर सडक कालोपत्रे गर्ने काम सुरु गरिएको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी अमिर सुवेदीले जानकारी दिनुभयो ।

द्ययिन एयकत ब्म
२०७३ भदौको २८ गते अदालतले सडक विस्तारको काम नगर्न स्टे अडर गरे यता पुणर्ता पाउन सकेको थिएन अहिले भने सडकको चौडाई घटाएर कालोपत्रेको काम सुरु गरिएको हो । घोराही बजारको मुख्यचोकदेखि तुलसीपुर जाने सडकको दायाँतिरको १ सय ७१ मिटर सडक कालोपत्रे गर्नका लागि वेष्टर्न डेभलपमेन्ट कन्ट्रक्सन प्रालिलाई ठेक्का दिइएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

करिब १७ लाख रुपैयाँमा फागुन महिनाभित्रै सडकको दायाँतर्फ बाँकी रहेको काम सक्ने गरी सम्झौता भएको कार्यालयका सूचना अधिकारी सुवेदीले बताउनु भयो । बाँकी रहेको सडकको बायाँतर्फको काम भने पूर्व सम्झौता अनुसार बिजय बिल्डर्स निर्माण सेवाले गर्ने भएको छ ।

त्यहीअनुसार कामलाई अघि बढाइएको सडक डिभिजन कार्यालयले जनाएको छ । सडक निर्माणको काम चैत २० गतेभित्रै सक्ने सडक निर्माणको काम गर्न थालेको बेष्टर्न डेभलपमेन्ट कन्ट्रक्सन प्रालिका प्रबन्ध निर्देशक कृष्ण वलीले जानकारी दिनुभएको छ ।

आर्थिक बर्ष ०७२÷७३ मा साविकको सडकलाई विस्तार गर्दै ३० मिटर चौडाई पुयाएर कालोपत्रे गर्ने क्रममा जग्गाधनी स्व. सावर्नीबहादुर बस्नेतले २०७३ साल वैशाखमा अदालतमा मुद्दा हालेपछि १८ महिनामा सक्नुपर्ने काम अहिलेसम्म पूरा हुन सकेको थिएन ।

उहाँले मुद्दा दर्ता गरेको १५ महिनापछि २०७३ भदौको २८ गते अदालतले सडक विस्तारको काम भइरहेको जग्गा बस्नेतको नाममा रहेको भन्दै सडक निर्माणको काम नगर्नु नगराउनु भन्ने आदेश गरेको थियो ।

घोराही तुलसीपुर सडकखण्ड अन्तर्गत घोराही बजारमै करिब ५ बर्षदेखि अलपत्र अवस्थामा रहेको सडकमो कालोपत्रे गर्न सुरु गरिएसँगै त्यस क्षेत्रका नागरिक तथा व्यवसायीमा खुशियाली छाएको छ ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *