रोटट्र्याक कलव बर्दिबासले सामाजिक कार्यमा मुसहर बस्तीमा सैक्षिक सामाग्री बितरण

बिशाल बस्नेत :बर्दिबास
रोटट्र्याक कलव बर्दिबासले सामाजिक कार्यमा फडको मार्दै,मुसहर बस्तीमा सैक्षिक सामाग्री बितरण
रोट्टरी क्लवको भातृ संगठन रोट्र्याक कलव बर्दिबासले आर्थिकरुपमा कमजोर मुसहर समुदायमा पुगेर बालबालिकाहरुको लागी शैक्षिक सामाग्री बितरण गरेको छ ।
हिजो बर्दिबास-१४ स्थित मुसहर बस्तीमा पुगेर बालबालिकाहरुको लागी झोला, कापी, जुत्ता तथा लत्ताकपडा वितरण गरेको हो ।

मिलिजुली टिकटक समूह, कोशेली छाला जुत्ता उधोग, वोर्ड भिजन बर्दिबास र रोट्र्याक कलवको सहकार्यमा करिव सय जना बालबालिकालाइ शैक्षिक सामाग्री र लत्ताकपडा कपडा बितरण गरिएको रोडट्र्याक कलब बर्दिबासका अध्यक्ष सागर फुयालले जानकारी दिए ।

शैक्षिक समाग्री र लत्ताकपडा पाएपछी मुसहर बस्तीका बालबालिका तथा अभिभावकहरु निक्कै खुसी देखिएका छन ।

” बिध्यालयमा बालबालिकाहरुलाइ पुर्ण छात्राबृतीको ब्यवस्था भएतापनी लत्ता, कपडा र शैक्षिक सामाग्री किन्ने पैसा थिएन वहाँहरु आएर दिनुभएछ निक्कै खुसी लागेको छ ” सोनु सादाले भनिन ।

निस्वार्थ काम गर्ने उदेश्यले युवाहरुको नेर्तुत्वमा संचालन भैइरहेको रोडट्र्याक कलवले यस अघीपनी विभिन्न समाजिक कार्यमा सहभागी भैइसकेको छ् ।

कोभिड-१९ को माहामारीको समयमा बाटोमा हिडने बटुवाहरुलाइ मास्क बितरण गर्नेदेखी लिएर बर्दिबासलाई वातावरणिय रुपमा सुन्दर बनाउन सरसफाइ अभियानलाइ समेत निरन्तरता दिदै आएको छ ।

रोट्र्याक कै पहलमा अहिले बर्दिबास बजारमा फूल रोप्नेदेखी लिएर विभिन्न सामाजिक मुद्दाहरुमा समेत दरिलो आवाज उठीरहेको छ ।

आगामी दिनमा युवाहरुको सकृयतालाई ससक्त बनाउने र सामाजिक कार्यमा आफुहरुको भुमिकालाइ अझ फराकिलो बनाउने दिशातर्फ उन्मुख हुने रोडट्र्याकका अध्यक्ष सागर फुयालले बिस्वास दिलाएका छन ।

” हामी हाम्रो भुमिकालाई फराकिलो बनाउदै सामाजिक काम गर्ने अन्य युवा संजालसग कार्यगत सहकार्य गर्दै सामाजिक कार्यमा गतिसिल बन्ने छौ ” अध्यक्ष फुयालले भने

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *