गौतमबुद्ध क्रिकेट रंगशाला: आर्थिक सहयोग जुटाउन फाउण्डेशन मेची-महाकाली अभियानमा

चितवन, चैत ९ । चितवनको भरतपुरमा निर्माण भैरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउन धुर्मस-सुन्तली फाउण्डेशन मेची(महाकाली अभियानका लागि यात्रा सुरु गरेको छ । क्रिकेट रंगशाला निर्माणमा आर्थिक संकट परेपछि यो अभियान सुरु गरिएको हो । भोली चैत १० गते कन्चनपुरबाट अभियानको शुभारम्भ गर्न फाउण्डेशनले आज चितवन रंगशालाबाट यात्रा सुरु गरेको छ ।

May be an image of 9 people, people standing and outdoors

 

अभियानमा सहभागी हुने टोलीलाई आज सोमबार विहान रंगशालामा काम गर्ने मजदुरहरुले टीका, मालासहित ४ हजार ४०५ रुपैयाँ सहयोग गरेर बिदाइ गरेको फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मसले जानकारी दिनुभएको छ । कन्चनपुरबाट सुरु भएको अभियान अभियान कैलाली, बर्दिया, बाँके, दाङ, सुर्खेत, कपिलवस्तु, रुपन्देही, परासी, नवलपुर र चितवनसम्म पुग्ने छ । अभियानमा फाउण्डेशनका अध्यक्ष धुर्मुससँगै लोकप्रिय कलाकारहरु कुमार कट्टेल (जिग्रि), अर्जुन घिमिरे (पाँडे) , सामाजिक अभियान्ताहरु निगम हुमागाई, अर्जुन भुसाल र जिल्लास्तरीय सहयोग समितिका संयोजक जयराम सिग्देललगायत रहनुहुने छ।

यसैबीच रंगशाला निर्माणको लागि सहयोग गर्न चाहने महानुभावहरुको घरदैलो मैं पुगेर सहयोग संकलन गर्न लागिएको धुर्मुसले बताउनुभयो । “रंगशाला भित्र निर्माण हुने सातै प्रदेशको बिम्ब झल्कने ७ वटा स्तम्भ र ७७ वटै जिल्लाहरुको कक्ष निर्माण गरिने भएको हुँदा हरेक जिल्लाले आ(आफ्नो जिल्लाको कक्ष निर्माण गर्नका लागी सहयोग रकम जुटाउन सकोस् भन्ने अभिप्रायका साथ घरदैलो अभियान संचालन गर्न लागिएको हो” उहाँले भन्नुभयो ।

अभियानको टोलीले प्रत्येक जिल्लामा २ दिनसम्म बसेर जिल्लामा रहेका सहयोगिमन, संघसंस्था, बितिय संस्थाहरु, सहकारी , महिला तथा आमा समुह, विभिन्न समुहहरु र स्थानीय सरकारसँग हातेमालो तथा सहकार्य गर्ने छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म संचालन हुने यो अभियानमा सबैजना जोडिन सकिने र आफुले सहयोग गर्न चाहेको रकम आफ्नै जिल्लाको कक्ष निर्माणमा सहयोग हुने धुर्मुसले बताउनुभयो ।

May be an image of 8 people, people standing and road

साथै ३० हजार दर्शक क्षमताको रंगशालामा रहेको ३० हजार कुर्सीमा आफ्नै नाम, पितृको नाममा, आमा समूह को नाममा, महिला समूह को नाममा, टोल विकास संस्था को नाममा, सहकारी संस्था, बैंक तथा वितिय संस्था को नाममा, उद्योग, विद्यालय, क्याम्पस लगायत विभिन्न साथी समुहको नाममा सुरक्षित गर्न सकिने पनि धुर्मुस बताउनुभयो ।

May be an image of 9 people, people standing and outdoors

यो पनि

-गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा, सुरु हुँदै मेची महाकाली घरदैलो अभियान

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *