बलात्कारपछि हत्या प्रयासको आरोपमा प्रहरी जवान पक्राउ

रुपन्देही, चैत ९ । रुपन्देहीको तिलोत्तमामा एक किशोरीमाथि बलात्कारपछि हत्या प्रयास गरेको आरोपमा प्रहरी जवान पक्राउ परेका छन् । तिलोत्तमा-११ मद्रहानीकी १९ वर्षीया युवतीलाई बलात्कार पछि हत्या प्रयास गरेको आरोपमा नवलपरासीको जर्घास्थित युक्ति विद्यालय ९तालिम केन्द्र० मा कार्यरत अन्दाजी २३ वर्षीय प्रहरी जवान पक्राउ परेका हुन् ।

उनीमाथि किशोरीलाई जबर्जस्ती करणी गरी झोलाको डोरीले घाँटी कसेर मार्ने प्रयास गरेको आरोप छ । किशोरीकी आमाले दिएको जाहेरीका आधारमा कठरियालाई पक्राउ गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले बताउनुभयो । जाहेरीमा शुक्रबार साँझ साढे ४ बजे साथीकहाँ जान्छु भनी निस्किएकी छोरी नफर्केपछि रातभरि खोजतलास गरिएको र शनिबार बिहान ८ बजेतिर घरदेखि केही पर अर्धचेत अवस्थामा फेला परेको उल्लेख छ । जाहेरीमा लेखिएअनुसार युवती पानीले भिजेकी थिइन् । उनको घाँटीमा झोलाको डोरीले कसेको डाम थियो ।

 

आरोपित प्रहरी जवान कठरियालाई तिलोत्तमाको मंगलापुरबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । उनीमाथि बलात्कार र ज्यान मार्ने उद्योगमा ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक राठौरले जानकारी दिनुभयो । युवतीको बुटवलस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *