ट्रकको ठक्कर बाट दाङमा एकजनाको मृत्यु

दाङ: दाङमा लगातार दुर्घटनाको भई रहेको छ । मंगलबार घोराही र तुलसीपुरमा दुर्घटना हुँदा एक जनाको मृत्यु भयो भने दर्जनौ घाईने भए । आज पनि विहानै दुर्घटना भयो । जहाँ एक जनाको घटना स्थलमै मृत्यु भएको छ ।

आज विहना पौने ८ बजे घोराही उपमहानगरपालिका चौघेरामा ट्रकको ठक्कर बाट साईकल यात्रीको मृत्यु भएको हो । ट्रकको ठक्कर बाट  घोराही उपमहानगरपालिका वडा नम्बर ३ निवासी अन्दाजी वर्ष २८ का कलौ चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

गोग्ली बाट घोराही तर्फ आउँदै गरेका साइकल यात्री चौधरीलाई गोग्ली सिमेन्ट कम्पनीबाट सिमेन्ट लगेर घोराही तर्फ आउँदै गरेको ना ५ ख २०६२ नम्बरको ट्रकले ठक्कर दिदा चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । साइकल यात्रीलाई ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको दाङ प्रहरीले बताएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *