रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिदा दाङमा एक जनाको मृत्यु, एक गम्भीर

दाङ, चैत ११। दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु छ भने एक जना गम्भीर घाइते भएका छन् । घोराही उपमहानरपालिका वडा नम्बर ७ जबरपुर स्थित भित्री सडकमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिदा मोटरसाइकल चालक घोराही उपमहानरपालिका वडा न ५ का २१ वर्षीय रबिन डाँगीको मृत्यु भएको प्रहरीले जनाएको छ। अर्का मोटरसाइकलमा सवार सोही ठाउँका २२ वर्षीय सिरिन्ज भण्डारी गम्भीर घाइते भएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

दुर्घटनापछि गम्भीर घाइते दुबै जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ल्याउदै गर्दा डाँगीको बाटो मै मृत्यु भएको थियो । उहाँको शवलाई अहिले सोही अस्पतालमा राखिएको छ । भण्डारीलाई भने प्रतिष्ठानमा सामान्य उपचारपछि मेडिकल कलेज कोहलपुर बाँकेमा रिफर गरिएको प्रहरीले जनाएको छ। उहाँको टाउको,मुख ,दुबै हात र छातीमा चोट लागेको छ ।

आज विहान साढे २ बजे रोकी राखेको ना ४ ख ८३३७ नम्बरको ट्रकमा रा ४ प ४९१४ नम्बरको मोटरसाइकल पछाडीबाट ठोकिएको थियो । प्रहरीले दुबै सवारी साधन र ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।

यसैबीच दाङमा दुई दिन लगातार सवारी दुर्घटना भएको छ । हिजो मात्र तुलसीपुरमा स्कुल बस दुर्घटना हुँदा १ जना विद्यार्थीको मृत्यु भएको थियो । घोराहीमा पनि हिजो बस दुर्घटना हुँदा २१ जना घाइते भएका थिए । सवारी दुर्घटना चालककै लापर्वाहीले गर्दा हुने गरेको प्रहरीले बताउने गरेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *