पत्रकार महासंघको निर्वाचन: अध्यक्षमा पहिलो पटक महिलाको उम्मेद्वारी

काठमाडौं, चैत १५ । नेपाल पत्रकार महासंघको आगामी चैत २५ गते हुने निर्वाचनमा अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार महासंघको इतिहासमै पहिलो पटक अध्यक्षमा महिलाको नेतृत्वमा साझा प्यानल बनेको छ । महासंघको सवैभन्दा शक्तिशाली संगठन प्रेस चौतारी नेपाल नेतृत्वको साझा गठबन्धनको तर्फबाट तीन दशकदेखिपत्रकारिता गर्दै आउनु भएकी शसक्त पत्रकार निर्मला शर्मा अध्यक्षको उम्मेद्वार बन्नुभएको छ ।सञ्चारिका समूहकी पूर्वअध्यक्ष निर्मला शर्मा नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो महिला अध्यक्षको इतिहास रच्ने घोषणा गर्दै प्रेस चौतारीको तर्फबाट उम्मेदवार बन्नुभएको हो । प्रेस चौतारीको नेतृत्वमा प्रगतिशील व्यावसायिक समावेशी राष्ट्रवादी समुहको वरिष्ठ उपाध्यक्षमा माधव नेपाल उम्मेदवार बन्नुभएको छ । नेपाल प्रेस चौतारीको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ। निर्मलाको प्यानलबाट महिला उपाध्यक्षमा दाना केसी, उपाध्यक्ष समावेशीमा अवदेशकुमार झा र महासचिवमा बालकृष्ण बस्नेत उम्मेद्वार बन्नुभएको छ ।

प्रेस चौतारी, प्रेस मञ्ज नेपाल, जनपत्रकार संगठन र मिडिया नेपालको साझा प्यानलको नेतृत्व गर्नुभएकी निर्मलाको टीमबाट सचिव खुल्लामा रामकृष्ण ज्ञवाली, सचिव महिलामा निमा काफ्ले, सचिव आदिवासी जनजातिमा शाहीमान राई, सचिव मधेसीमा श्वेता सिन्हा, सचिव दलितमा मधु शाही, सचिव एशोसियटमा रामेश्वर कार्की, कोषाध्यक्षमा कृष्ण गिरी र लेखा समिति संयोजकमा द्वारिका काफ्लेले उम्मेवारी दिनुभएको छ ।

पत्रकार महासंघमा कांग्रेस नेतृत्वको प्यानलबाट प्रेस युनियनका विपुल पोखरेलको उम्मेदवारी परेको छ । तर युनियनकै नेता तथा नेपाल पत्रकार महासंघका बर्तमान सचिव रामप्रसाद दाहालले पनि अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । दाहालले महासंघलाई राजनीतिक दलको कब्जामा जान नदिने भन्दै उम्मेदवारी दिएको बताउनु भएको छ । यस्तै गजेन्द्र बुढाथोकी र दीपक पाठकले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस नेतृत्वको गठबन्धनमा वरिष्ठ उपाध्यक्षमा युनियनले रमेश विष्टलाई आधिकारिक भनेको छ भने रामजी दाहालले पनि सोही पदमा उम्मेदवारी दिनुभएको छ । सोही प्यानलबाट ध्रुव लम्सालले पनि बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउनु भएको छ । यस्तै युनियनकी नेतृ बाला अधिकारीले महिला उपाध्यक्षमा सो प्यानलबाट उम्मेद्वारी दिनुभएको छ । युनियनबाट समावेशी उपाध्यक्षमा उदय जीएमसहित रेमवहादुर विश्वकर्मा र शीतल महतोले उम्मेदवारी दिनुभएको छ ।

त्यस्तै महासचिवमा पनि सो समुहबाट रोशन पुरी, राजेश मिश्र र सुवोध गौतमले उम्मेद्वारी दिनुभएको छ । यस्तै खुल्ला सचिवमा प्रेस युनियनको तर्फबाट नकुल अर्यालले सचिवमा उम्मेदवारी दिनुभएको छ भने गठबन्धनबाट भन्दै प्रचण्ड माधव समुहबाट गोविन्द चौलागाईंसहित जन्मदेव जैसी र यम विरहीको उम्मेद्वारी परेको छ ।

महिला सचिवमा पोखरेल प्यानलबाट सृजना अर्याल, आदिवासी जनजाति सचिवमा नारायण किलम्बु, मधेशी सचिवमा दिपेन्द्र चौहान, देवकुमार यादव र प्रविण चौधरीले उम्मेदवारी दिएका छन् । दलित सचिवमा गठबन्धनले हेमकर्ण विकलाई उम्मेदवार बनाए पनि गणेश विक, गोपाल बराईली, मानसिंह विकले पनि उम्मेदवारी दिनुभएको छ ।

एसोसियट सचिवबाट प्रेस युनियनकै केपी ढुंगाना, पवन आचार्य, विनय देवकोटा, राधेश्याम दाहाल उम्मेदवार बन्नुभएको छ । कोषाध्यक्षमा कांग्रेस गठबन्धनबाट प्रेस युनियनका कलेन्द्र सेजुवालसहित युनियनकै प्रकाश थापा, माधव दुलाल, दिलिप पौडेलको उम्मेदवारी परेको छ । कांग्रेस नेतृत्वको प्रेस युनियनमा बिलय भएको प्रचण्ड माधव समुहबाट गठबन्धन भएको बताए पनि एउटै पदमा धेरैको उम्मेद्वारी परेको छ । यता प्रेस चौतारी नेतृत्वको साझा प्यानलबाट भने एक जनाको मात्रै उम्मेद्वारी परेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *