सांसद चाैधरीद्वारा हाेली पर्वको शुभकामना

शिवु खनाल
देउखुरी, १५ चैत
प्रतिनिधि सभा सदस्य मेटमणी चाैधरीले फागु पुर्णिमा (होली पर्व) अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । सदस्य चाैधरीले २०७७ को अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति र समृद्धिकालागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएकाे हाे ।
यहाँका प्रत्येक जातजाति र धर्मावलम्बीहरुका आ- आफ्नै साँस्कृतिक महत्व बोकेका मौलिक परम्परा छन् । हाम्रा चाडपर्वहरुले समुदायबीच सद्‍भाव बढाउछन्। समुदायलाई एकताबद्ध गर्न सघाउछन्। विभिन्‍न धर्म, भाषा र संस्कृति मान्‍ने समुदायहरुलाई आ-आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र सम्बर्धन गर्न पनि अभिप्रेरित गर्दछन् ।

होली पर्वले मानव जीवनलाई रंगीन र उल्लासमय बनाउन प्रेरित गर्दछ। यस वर्षको मनाइने फागु पुर्णिमा (होली पर्व) ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमंग र हौसला प्रदान गरोस् र सबै समुदायकाबीच एक आपसमा भाइचारा र घनिष्ठता अभिवृद्धि गर्नमा सहयोग पुर्‍याओस भन्‍ने शुभेच्छा सहित सबैको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । साथै छिमेकी मित्र राष्ट्र भारतमा काेराेना भाइरस (काेभिड १९) काे उच्च जाेखिम बढ्दै गएकाे हुनाले सतर्कता अपनाएर पर्व मनाउन आग्रह गर्छु ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *