सामाजिक दूरी कायम गरेर हाेली मनाउन एसपी चन्दकाे आग्रह


घाेराही, १४ चैत । दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले सामाजिक दूरी कायम गरेर हाेली पर्व मनाउन आग्रह गर्नु भएकाे छ ।

काेराेना महामारीको जाेखिम कायमै रहेकाले घरमै बसेर परिवारसँग हाेली मनाउन उपर्युक्त हुने उहाँको भनाई छ । “हामीले सबैभन्दा पहिले आफ्नाे स्वास्थ्यलाई ख्याल राख्नुपर्छ,” चन्दले भन्नुभयाे, “अरुकाे इच्छा विपरीत रंग दल्लनेलाई कानुुनी कारबाही गरिने छ ।”
हाेलीकाे अवसरमा कुनै अप्रिय घटना नहाेस् भन्नका लागि सुरक्षा व्यवस्था कडा पारिएकाे चन्दले जानकारी दिनुभयाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *