होली खेल्दा एसिड छ्यापियो, तीन विद्यार्थी घाइते

काठमाडौं । काठमाडौँको साँखुमा होली खेल्दा रंगमा पानीको साटो एसिड मिसाएर छ्याप्दा ३ जना विद्यार्थी घाइते भएका छन्। पानी सम्झेर एसिड प्रयोग गर्दा यो घटना भएको प्रहरीको भनाइ छ ।

काठमाडौँको शंखरापुर नगरपालिका–१ स्थित चापाकोटमा आइतबार होली खेल्दा एसिड छ्यापेपछि १६ वर्षीया किशोरी, ९ वर्षका र ११ वर्षका बालक घाइते भएका छन् । घाइतेहरुको साँखु स्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । एसिडले किशोरीको गाला र दुईजना बालकको हात र अनुहार जलेको छ । घाइतेहरू नविन ग्राम मावी शंकरापुरमा अध्ययनरत छन् ।

पानी भनेर एसिड छ्याप्ने १७ वर्षीय पवन पहाडी र १८ वर्षीय आकाश तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए ।

आरोपी र घाइतेहरुको बीचमा सामान्य चिनजान थियो । होली खेल्ने क्रममा पानी मागेपछि ९ वर्षका बालकले ग्यालिन लगिदिएका थिए ।

प्रहरीका अनुसार चापाकोटस्थित दुध डेरीबाट बालकले उक्त ग्यालिन ल्याएका हुन् । तर सो ग्यालिनमा पानीको साटो सल्फ्युरिक एसिड रहेछ ।

एसिड भन्ने नचिनेर उनीहरुले दलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । घटनापछि दुध डेरी सञ्चालकलाई पनि पक्राउ गरिएको एसएसपी सिंहले बताएका छन् ।

प्र
[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *