भारतमा कोरोनाबाट २४ घण्टामा ५६ हजार संक्रमित, २७१ जनाको मृत्यु

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण फेरी बढेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट २७१ जनाको मृत्यु भएको छ ।

भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख ६२ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ६२ हजार ११४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५६ हजार २११ जना संक्रमित पुष्टि भएको छ । यो सँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या एक करोड २० लाख ९५ हजार ८५५ पुगेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म एक करोड १३ लाख ९३ हजार २१ जना संक्रमण मुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा ३७ हजार २८ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ।

त्यस्तै अहिले भारतमा ५ लाख ४० हजार ७२० कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल २४ करोड २६ लाख ५० हजार २५ नमुना परिक्षण गरिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ७ लाख ८५ हजार ८६४ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

त्यस्तै भारतमा अहिलेसम्म कुल ६ करोड ११ लाख १३ हजार ३५४ जनाले कोरोनाको खोप लगाएका छन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *