बोनम्यारो पीडित वलीको उपचारमा आर्थिक सहयोग जुट्दै


साउन, १२ । बोन म्यारो पीडित चन्द्र वलीको उपचारका लागि सहयोग उठ्ने क्रम शुरु भएको छ ।

करीव ३ वर्ष पहिले भारतको पञ्जावमा रोजगारीका क्रममा बोनम्यारो पीडित बनेका वलीको उपचारमा आर्थिक अभाव भएपछि उनको उपचारमा सहयोग गर्ने मनकारीहरु भेटिन थालेका छन् ।

दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ८ दुन्द्रा निवासी बोनम्यारो पीडित वलीले हाल काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराई रहेका छन् । यस अघि उनले भारतमै उपचार गराएका थिए ।

उपचार गराउँदा गराउँदै आफुसँग रहेको सबै पैसा सकिएपछि उपचारमा समस्या भएको थाहा पाएपछि विभिन्न व्यक्तिहरुले उनलाई आर्थिक सहयोग गरेका छन् । देशभित्र र देश बाहिर बस्दै आएको नेपाली दाजुभाईले उनको उपचारका लागि पठाएको रकम आज हस्तान्तरण गरिएको छ ।

उनको उपचारका लागि भन्दै राजकुमार के सी ( दाङ्ग धर्ना बसन्तापुर हाल जापानबाट दश हजार, कमल मिलन रावत ( दाङ्ग धर्ना बसन्तापुर हाल जापानबाट पाँच हजार, युबराज रेग्मी ( प्युठान स्वर्गद्धारी नगरपालिका ३ भिंग्रि हाल जापानबाट तीन हजार, मनराज विश्वकर्मा (दाङ्ग घोराही हाल जापानबाट तीन हजार, नारायण वुढा (दाङ्ग तुलसीपुर हाल जापानबाट तीन हजार, हिम बहादुर.डाँगी ( दाङ्ग नारायणपुर मर्फाबुटने हाल जापानबाट तीन हजार, दिपक खतिवडा (नुवाकोट हाल जापानबाट दुई हजार, प्रकाश वलि ( रुकुम हाल जापानबाट दुई हजार, विश्व प्रताप वुढा ( रुकुम हाल जापानबाट दुई हजार, किरण वली ( रोल्पा रेउघा हाल जापानबाट दुई हजार, पिताम्बर जि.सी. ( प्युठान ऐरावती हाल जापानबाट दुई हजार, नरेन्द्र गौतम ( गुल्मि वामिटक्सर हाल जापानबाट दुई हजार, श्रवण ज्ञवालि ( दाङ्ग लमही हाल जापानबाट दुई हजार, तारा थापा (.दाङ्ग तुलसीपुर उपमहानगर पालिका १७ मज्गै हाल जोर्डनबाट दुई हजार अर्जुन अंगाई ( गोरखा जिल्ला हाल जापानबाट एक हजार, विश्वेश्वर रेग्मी ( रुकुम हाल जापानबाट एक हजार, बिष्णु पौडेल ( दाङ्ग लमहि हाल जापानबाट एक हजार, केशब भण्डारि ( दाङ्ग हाल जापानबाट एक हजार, हरिभक्त वलि (रोल्पा हाल जापानबाट एक हजार, राप्ती समाज जापान बाट नेपाली ५३ हजार ३ सय ३७ रुपैयाँ, टीकाराम रावत र पुर्ण रोका बाट ५ हजार ५ सय, बिमल कार्की, दिनेश श्रेष्ठ र आरके पाण्डेयबाट ६ हजार, सकिल अहमदबाट एक हजार, महेश कुमार क्षेत्रीबाट दुई हजार २० रुपैयाँ, मुकेश डिसी, आदित्य भट्टराई र नरेन्द्र पुनबाट ९ हजार, मोहन बस्नेतमार्फत नाम नराख्ने सर्तमा ६ हजार गरी जम्मा ८२ हजार ८ सय ५७ रुपैयाँ एक कार्यक्रमका बीच बोन म्यारो पीडित वलीकै घरमा पुगेर हस्तान्तरण गरिएको नरेन्द्र पुनले जानकारी दिए ।

उनको उपचारमा लाखौं रुपैयाँ खर्च भईसकेको र अझै २० लाख लाग्ने अस्पतालले जनाएको वलीले जनाए । बोन म्यारोपीडित वली थप रिपोर्टको पर्खाईमा अहिले घरमै आराम गरिरहेका छन् । उनको रिपोर्ट आउन एक महिना लाग्ने र त्यसपछि विशेष उपचार गर्नु पर्ने उपचरामा संलग्न डाक्टरहरुले भनेको बताए । जसका लागि उनको उपचारमा २० लाख खर्च लाग्ने बताइएको छ ।

आफुलाई सहयोग गरेको भन्दै वलीले सबैमा धन्यवाद दिएका छन् । अब उपचारमा ठूलो रकम आवश्यक पर्ने भएकाले सहयोगका लागि सबैसँग याचना गरेका छन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *