सुमन वि क लाई पढाइ खर्च वार्षिक ५० हजार! +2 सम्म पढाउछु -हमाल!

तुलसिपुर चैत १७, केही दिन अघि आमा मरी जानू भो बा ले आँखा देख्नु हुन्न, आमाको किरिया बसेको छु घरमा खाने चामल छैन भन्दै मिडियामा आएका सुमन वि क लाई विभिन्न सामाजिक संघ संस्था र दयालु दानविर हरु बाट आर्थिक र जिन्सी सहयोग जुटेको थियो! त्यही समयमा सहयोग लिएर सुमन को घर

तुलसिपुर ३ राम्री पुगेका रोटरी क्लब अफ तुलसिपुरका प्रेसीडेन्ट शुरेस हमाल ले सुमन विक लाई +2 सम्म पढाइदिने वाचा गरेका थिए! आफुले गरेको वाचा अनुसार सुमन वि क लाई आज चैत १७ गते देखी ग्रेट अरनिको इङ्गलिश मिडियम बोर्डिङ स्कुलमा पढ्ने र बस्न खान का लागि तुलसिपुर ६ श्थित दिदी घरमा ब्यबश्था मिलाइ दिएका छन! बुवा टोप बहादुर हमाल र आमा

पशुपती हमाल को कोष बाट २०३६ सालमा दंगीशरण ३ रावतगाँउमा जन्मिनु भएका शुरेस हमालले विभिन्न संघ संस्थामा रहेर सामाजिक कार्य गर्दै आएका छन! हमाल हाल राप्ती सार्वजनिक यातायात प्रा लि का अध्यक्ष, लायन्स क्लब अफ तुलसिपुर को अध्यक्ष र रोटरी क्लब अफ तुलसिपुर को प्रेसिडेन्ट पनी हुन!

सुमन विक को बारेमा संचार माध्यममा सुन्दा अचम्म लागेर उनको घर तुलसिपुर ३ राम्री पुगें, त्यहाँ पुग्दा अचम्म दयनिय अवश्था देखेर दया लागे पछी सुमन लाई खाने बस्ने सहित +2 सम्म पढाइदिने निर्णय गरेको हुँ हमाल ले राप्ती पहिचान लाई बताए!

सुमन विक लाई खान बस्न र पढ्ने खर्च सहित वार्षिक ५० हजार रुपैयाँ खर्च गर्न म खुशी खुशी तयार छु हमाल ले राप्ती पहिचान सङ्गको कुराकानीमा हामी लाई बताए! आफ्नो घरायसी खर्च बाट बचाएर त्यो रकम ले मैले सुमन लाई पढाउछु मेरो परिवार का सबै सदस्य यो पुण्यकाम गर्न खुशी र तयार छौ गर्भिलो अनुहारका साथ हमाल ले अगाडि भने!

सुमन वि क बिरामी भएमा सबै खाले उपचार खर्च मैले निशुल्क गरीदिन्छु पालपाली मेडिकल हल संचालन गर्दै आइ रहेका रोटरी क्लब अफ तुलसिपुर का प्रेसिडेन्ट इलेक्ट शिव श्रेस्ठ ले हाम्रा समाचारदाता लाई बताए! सुमन विक लाई लत्ता कपडा जुत्ता चप्पल र औषधि खर्च को जिम्मा मैले लिन्छु उनले अगाडि भने!

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *