घनश्याम भुसाल र सुरेन्द्र पाण्डे एमालेबाट ६ महिनाका लागि निलम्बित

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यबाट निलम्बन गरेका छन् ।

पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै बिहीबार ओलीले ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट निलम्बन गरेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

यसअघि ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष डा. भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेका थिए । वरिष्ठ नेता नेपालले ओलीको कदम निरंकुश भएको भन्दै त्यसलाई अस्वीकार गर्ने बताएको छ । नेपाल पक्षले जिल्ला जिल्लामा समानान्तर कमिटी बनाएर संगठन विस्तारको सुरुवातसमेत गरेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *