कार्यालय प्रमुख गुप्तले विना कारण ड्राईभर हटाए पछि

शिवु खनाल
देउखुरी,
लुम्बिनी प्रदेश स्तरीय प्रदेश उर्जा कार्यालय लमहीमा सवारी साचलक पदमा कार्यरत उमेश खत्रीले कार्यालय प्रमुख सूर्यदेव गुप्तले विना कारण आफुलाई कामबाट निकालेको बताउनुभयाे ।

खत्रीले कार्यालय सञ्चालन हुनु अगाडी भौतीक पूर्वाधार विकास मन्त्रालय मुकाम वुटवलमा सवारी साधन चलाउदै आएका थिए । लमहीमा प्रदेश कार्यालय स्थापना पछी खत्रीलाई लमहीमा सवारी साधन सञ्चालन गर्न मन्त्रालयले पठाएको थियो । तर, प्रदेश उर्जा कार्यालयका प्रमुख गुप्तले फागुन १८ गते देखी काममा नआउन भनेपछी खत्रीले आफु अन्यायमा परेको भन्दै न्यायको लागी आग्रह गरेका छन् ।

‘कार्यालय प्रमुखसंग के कारणले मलाई निकाल्न थाल्नुभयो भनेर निवेदन दिए । तर, मेरो निवेदन उपर कुनै छलफल भएन’विज्ञप्तीमा भनिएको छ–‘तैले यस कार्यालयको गाडीको चाँवी बुझाएर आफ्नो बाटो तता, मेरो समय बर्बाद नगर, जागिरनै खाने होस भने मेरो कम्पनीमा जा म कुरा गर्दिन्छु । कार्यालय प्रमुखले एकल निर्णयबाट कार्यालयका कर्मचारीहरुको राय नबुझेर सेवाबाट बञ्चित गर्न खोजेको खत्रीले बताउनुभयाे ।

वडा प्रहरी कार्यालय लमहीका प्रमुखले समेत आफुलाई अव उप्रान्त कार्यालयमा नजानू, गएमा कारबाही गर्छु भन्दै धम्मी पूर्णभाषा प्रयोग गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । तर, वडा प्रहरी कार्यालय लमहीका प्रमुख राजन पौडेलले कार्यालय प्रमुखको आग्रहमा खत्रीलाई सम्झाउन भनेपछी आफुले सल्लाह दिएको बताउनुभयाे ।

यो बिषयमा बुझ्न खोज्दा व्यक्तिगत कुरा भएकोले उर्जा कार्यालयका प्रमुख सूर्यदेव गुप्तले आफुले यस बारेमा बोल्न चाहेनन । यता प्रदेश उर्जा कार्यालय लमहीका प्रशासन प्रमुख शरद कुमार घिमिरेले सवारी चालक खत्रीले हाल सम्म राम्रै काम गरेको, उनि ड्राइभर भएर पनि कार्यालय सहयोगीले गर्ने काम जस्तै सरसफाई गर्ने, कार्यालयमा चिया पुर्याउने जस्ता काम गर्दै आएका थिए, यो सब कार्यालय प्रमुखलाई चित्त नबुझेको कुरा हो प्रमुख घिमिरेले भन्नुभयाे ।

कार्यालयमा कर्मचारी हटाउँदा म प्रशासन प्रमुख हुन् तर मलाई कुनै केहि जानकारी छैन प्रमुख घिमिरेले भने ।कार्यालय प्रमुखले अनावश्यक बिषयलाई लिएर कार्यालयमा भएका कर्मचारीलाई तनाब दिने, राज्यबाट संचालनका लागि दिएको सवारी साधनको चरम दुरुपयोग, कार्य सम्पादनमा समस्या सिर्जना गर्ने जस्ता हर्कत गर्दै आएको भन्दै कार्यालयका कर्मचारीले भौतिक पूर्वाधार मन्त्रालय लुम्बिनी प्रदेशको कार्यालयमा पत्र पठाई सकेको छ । ती सबै समस्याको समाधान गरिदिन मन्त्रालयलाई।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *