जिल्ला स्वास्थ्य कार्यालय दाङकाे चरम लापरबाही राजपुर गाउँपालिकामा हात्तिपाइलेको औषधि भनेर अर्को औषधि पठाएपछि

शिवु खनाल
देउखुरी, २० चैत
जिल्ला स्वास्थ्य कार्यालय दाङले राजपुर गाउँपालिकालाई हात्तिपाइले विरुद्धको औषधि बितरण गर्नु पर्नेमा अन्य औषधि बितरण गरेको पाइएको छ । डाईईथाइल कार्बा माजिन नामक औषधि पठाउनु पर्नेमा ट्राहेक्सी फेनाइडेल हाइड्रोक्लोराइड ट्याब्लेट नामक औषधि पठाईएको छ ।

यो औषधि २-५ वर्ष सम्मकालाई १ चक्कि १०० एमजी, ६ देखि १४ वर्षका बालबालिकालाई २ चक्की २०० एमजी, १५ देखि माथिकालाई ३ चक्की ३०० एमजी खुवाउनु पर्छ। साथै जुकाको औषधि अल्बेण्डाजोल पनि खुवाउने गरिन्छ ।

हात्तिपाइले विरुद्धको औषधि भनेर दाङकाे राजपुर गाउँपालिकामा उक्त औसधि पुगि सकेको छ, हात्तिपाइले विरुद्धको औषधि पठाउनु पर्नेमा फरक औषधि परेकोले सुरक्षा निकाय मार्फत सबै तिर सुचना गरिसकेका छौं र ती औषधि फर्काउन सबै स्थानीय पालिकाका स्वास्थ्य शाखालाई जानकारी गराई सकेका छौं जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगद बहादुर शाहीले भन्नुभयाे । हात्तिपाइले विरुद्धको औषधि पठाउनु पर्नेमा फरक औषधि पर्न गएको कार्यालय प्रमुख शाहीले स्वीकार गरेका छन् ।

ट्राहेक्सी फेनाइडेल हाइड्रोक्लोराइड ट्याब्लेट नामक औषधि खासगरी पार्किन्सनका बिरामी ( बुढापाका मानिसमा देखा पर्ने मांसपेशी कसिएर भएका बिरामीलाई, मांसपेशी जाम भएर बोल्न नसक्ने खालका बिरामीलाई दिने गरेको लमही अस्पतालका एक डाक्टरले बताउनुभयाे ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *