घोराही देखि लमही जाँदै गरेको बस दुर्घटना

शिवु खनाल
देउखुरी, २० चैत
दाङको घोराही देखि लमही तर्फ आउदै गरेको लु १ ख ९८६३ नम्बरको यात्रु बस लमही घोराही सडक खण्डको मुसोट नजिकै दुर्घटना हुँदा दर्जन बढी यात्रु घाइते भएका छन् । शुक्रबार अपरान्ह करिब साढे पाँच बजे तिर दुर्घटना भएको हो ।

दुर्घटना भएको घटनास्थलमा प्रहरी पुगेको छ । घाइतेहरुलाई लमही अस्पतालमा ल्याउने क्रम भैरहेको छ । घटनामा मानबिय क्षति भएको हुन सक्ने घाइतेहरुले बताएका छन् । घटनाको थप बिवरण आउन बाकी छ ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *