आजदेखि घोराही-लमही सडकखण्डमा ठूला सवारीसधान चलाउन रोक

दाङ, चैत २२ । दाङ घोराही-लमही सडक खण्डमा आजदेखि ठूला सवारी सधान चलाउन रोक लगाइएको छ। यस सडक खण्डको विभिन्न ठाउँमा सडक जिर्ण बनेको र त्यसको मर्मत गर्नु पर्ने भएकाले आजदेखि यही चैत २६ गते साँझसम्म पूर्ण रुपमा ठूला सवारी साधन चलाउन रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले दाङले जनाएको छ ।

बस, ट्रक टिपर, ट्रलीलगायत ठूला सवारी सधान चलाउन रोक लगाइएको र वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायन पौडेलले बताउनुभयो। तर स्कारपियो, हायस लगायत साना सवारी सधान भने संचलन हुने उहाँले जानकारी दिनुभयो। ठूला सवारी सधानले अब ५ दिन बैकल्पिक सडकको रुपमा तुलसीपुर-अमेलिया सडक खण्ड प्रयोग गर्न सक्नेछन् ।

 

यो पनि पढ्नु

राप्ती लोकमार्गको कपुकोटदेखि चोरखोलासम्म सडक बन्द हुने

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *