गाउँमा धेरै गर्ने हिम्मत र साहस भएका साहसिक युबाको खाडी मोह

दाङ । सरुवाडाडा को अहिले को राजनिति को चल्ति पुर्जा अनि लोकप्रिय युबा नेता जितेन्द्र रियाल फल्ने रुख चढेर पैसा टिप्न नेपालको इज्जतिलो छबि छाडेर कतार उडे।

कहिले अरबि सेख को गेट मा सलोट मार्दै पैसा टिपे त कहिले ग्यास स्टेसनको स्टोरमा घण्टा हानेर पैसा टिपे। रात दिन मेहनत गरेर प्रसस्त पैसा टिप्न सफल जितेन्द्र कतार जीवनदेखि वाक्क हुँदै भन्छन्, ‘थुक्क! साला जिन्दगी।’ उनी मात्र होईन, कतार बसोबास गर्ने अधिकांश नेपाली खाडि जीवनबाट थकित छन्। म दुबै प्रवेश गर्नुअघि मेरी भाउजु सिता खड्का ले भनेको एउटा भनाई यहाँ राख्छु। ‘बाबु! दुबैको जीवन महमा बसेका माखा जस्तै हो। अनि नेपाली जीवन खानामा बसेको माखा जस्तै हो, त्यसैले लोभ नगर्नुहोस्।’

मैले उहाँको कुरा बुझिनँ, हाँस्दै भनिदिएँ,‘खानामा बस्नु भन्दा महमा बस्नु ठिक हैन र भाउजु?’ उहाँले प्रष्ट्याउँदै भन्नु भयो, ‘महमा बसेको माखा अन्ततः त्यहीँ महमा डुबेर मर्छ, किनकि, ऊ महबाट छुटेर जान सक्दैन। तर खानामा बसेको माखा मन भरिएपछि स्वतन्त्र भएर उड्न सक्छ।’

वास्तवमा भाउजुले भनेजस्तै खाडी महको डल्ला थियो, जहाँ टेकेपछि उम्कन नसकिने। त्यसैले पनि कति नेपाली सपना पुरा गरेर फर्कने कसम खान्छन्। तर, एकपछि अर्को सपना देख्दै जान्छन्।
उहाँको कुरा मैले त्यतिबेला पनि बुझेकै थिएँ। तर, मन कहाँ मान्थ्यो र, खाडि मा दिराम, रियाल, दिनार, टिप्ने आफ्नै सपना थियो।

हिजो आज नेपालबाट साथीहरू फोन गर्छन् ‘के गर्दै छस्?’
मेरो सधैको उत्तर हुन्छ, ‘ड्यूटीमा छु मेरो गाउको दाइले एकदिन सोधेऽ‘सधै ड्यूटी भन्छस्, सुत्दैनस्?’मैले हाँस्दै जवाफ दिएँ, ‘ड्यूटीमै भएको बेला फोन गर्छौ, सुतेको बेला गर न! सुतेको छु भनेर भनिहाल्छु नि।’यस्तै हालत हो हरेक नेपालीको, जतिबेला पनि ड्यूटी नै खाडि एउटा अवसरको खानी भएको देश पक्कै हो। यहाँ मेहनत अनुसारको फल पाईन्छ। वैदेशिक रोजगारीको हिसाबले हेर्ने हो भने अरू देशको तुलनामा दुबै सुख पाईने देशमै पर्छ।

तर पनि मनको लोभले प्रत्येक घण्टालाई दिराममा रूपान्तरण गर्न मन लाग्छ अनि मान्छे रातदिन घोटिन्छ। यहाँ स्वतन्त्र रूपमा सुत्न समेत पाईँदैन, घडीको सुईले निर्धारण गरेको आलार्ममा सुत्नुपर्ने आफ्नै बाध्यता हुन्छ। पैसा केही होईन भन्दै रमाउनेको पनि ठूलै जमात छ दुबैमा। दैनिक दुई तीन घन्टा मात्र काम गर्दा पनि मज्जाले जीवन जिउन सकिने देश भएरै होला, हप्तामा चालीस घण्टा काम गरेर प्रसस्त पैसा कमाउने नेपाली भेटिन्छन् यहाँ।
सुखी जीवनको आशामा खाडि छिरेका नेपालीलाई एकातिर छाडेर पैसाको निम्ति खाडि प्रबेश गरेका युवा जमातको कुरा गर्ने हो भने पैसा सँग-सँगै दुःख पनि छ खाडिमा। दैनिक मोबाईलमा सेट गरेको आलार्म सँगै उठ्नु, काममा कुदनु अनि भरे फर्केर फेरि सुत्नु। खाडिमा कमाउन आएकाको वास्तविकता यहिँ हो।

प्रत्येक महिना ५० हजार कमाउने आशामा खाडि छिरेकाहरू महिनामा लाख रूपैया घर पठाउँदा पनि खुशी देखिदैनन्, अनि गुनासो गर्दै सुनाउँछन्, ‘जीवनमा केही गर्न सकिएन यार!’
पैसाको लागि खाडी भित्रनेका आ-आफ्नै कथा हुन्छन्। तर नेपालमै प्रसस्त कमाउने पनि खाडिमा दैनिक घोटिएकै हुन्छन ।मेरै गाउ सिमलकुनाको साउदि आएर बसोबास गर्ने मोहोन बिक को साउदिको जीवन मस्तको छ। उनी भन्छन्, ‘जीवनमा कमाउन होईन, रमाउन साउदि बसेको छु।’

जीवनमा रमाउन खोज्नेका लागि पनि साउदि एउटा सपनाको देश हो। मोहोन भन्छन्, ‘नेपालमा रमाउन बा को सम्पत्ति दाउमा लगाउनुपर्छ, यहाँ हाँस्दै खेल्दै गरेको कामले पनि रमाउन पुग्छ।’
नेपालमा आफ्नै ब्यावसाय गर्दा गर्दै साउदि छिरेका मोहोन कमाउनुभन्दा रमाउन खोज्ने नेपालीको वर्गमा पर्छन्।

धनी बन्ने सपना देखेर साउदि आईपुग्नेलाई दैनिक कामको चटारोले धकेले पनि रमाउन आउनेलाई कामको चटारोले धकेल्दैन। आफू खुशी उठेर काममा हिँड्न पाईने प्रसस्त अवसर भएको ठाउँ हो साउदि। मालिक भन्दा मजदुरको महत्व बढी हुने देश भएकै कारणले होला, कामसँग कुनै नेपाली गुनासो गर्दैनन्। तर सबैको एउटै भनाई हुन्छ, ‘अब छिट्टै नेपाल फर्कने हो।’

भाउजुले भनेजस्तै महमा गडेको माखा जस्तै छ खाडि जीवन। चाहेर पनि निस्कन खाडिमा साहुको ब्यापारमा घण्टा हान्ने नेपाली, security भयर होस या खाना बोकेर आफैं साहु बन्ने नेपाली बाहेक ठूला ब्यवसायी नेपाली पनि रेस्टुरेन्ट सञ्चालन गरेर बसेका अनगिन्ती नेपाली प्रत्येक राज्यमा भेटिन्छन्। नेपाली परिकारको होटेल ब्यवसाय गरेर बसेका नेपाली प्रत्येक शहरमा भेटिन्छन्।
अझ बरदुबैमा त कोही कसैसँग ठोकियो भने पनि त्यो नेपाली नै हुन्छ, जता जाउँ उतै नेपाली। तर कुक बन्ने सपनामा होटेलको किचन भित्र तरकारी काट्दै गरेका नेपालीहरू अधिकांश होटेलमा भेटिन्छन्।

‘एक बारको जुनिमा कति दुःख गर्छस्! मरि लानु केही छैन, नेपाल फर्क!’ भन्नेहरुले नेपालबाट दैनिक फेसबुक म्यासेन्जरमा उर्दी जारी गर्छन्। तर उनीहरूलाई के थाहा! धनी बन्ने सपना नहुने हो भने खाडिको जीवन जिउन झन सजिलो छ ।

मालिकको भन्दा कामदारको हैसियत उच्च हुनु अनि मेहनत अनुसारको पैसा कमाउन पाउनु खाडिका विषेशता होलान्। तर फेसबुकको भित्तामा देखिने फोटा जस्तो रंगीन छैन खाडि।
हरेक दिन गरिने मेहनतले मात्र पैसा आउँछ, अल्छी गरेर सुत्नेहरू अनि सहरका ठूला बिल्डिङमा गएर फोटो खिच्नेहरू कि रमाउँदै छन् कि, दिन कटाउँदैछन्। तर कमाउँदै छैनन ।खाडिमा दिराम , दिनार, रियाल रूखमै फल्छ जस्तो सोच्नेहरू नेपालमा प्रसस्तै छन्। केही वर्ष अघिसम्म म पनि यस्तै सोच्थेँ। तर दिराम, दिनार, रियाल रूखमा होईन, घडीको सुइमा फल्दोरहेछ। जति घुमाउन सकियो, उति झर्ने।
तर दुबैको बुर्जखलिफा सँग फोटो खिचेर फेसबुकमा पोष्ट्याउनेमाथि दिराम बर्सिदैन, उनीहरू दुबैलाइ डलर बर्साउछन ।फुजेराको पहाडमा पोज दिँदै फोटो खिचेकाले आजको कमाई खेर गएको सम्झेर निराश भएका हुन्छन्। तर फोटोमा मुस्कुराउन छड्दैनन ।
ब्यवसायिक दिमाग हुनेको निम्ति ब्यवसायी बन्ने अवसर प्रदान गर्ने देश हो दुबै। नेपालमा ब्यवसायी बन्ने सपना देखेका धेरै नेपाली अहिले दुबैमा ब्यवसायी बनेका छन्।

त्यसैले दिराम, दिनार, रियाल टिप्ने सपना बोकेर खाडि छिर्नेहरू धनी बन्ने सपना पूरा गरौं। रमाउन खाडि छिरेकाहरूलाई चै बेस्ट अफ लक।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *