‘मुसिनाकामा पुग्यो विद्युत्’

शिवु खनाल
देउखुरी, (कोइलाबास) १४ साउन

मुसिनाकामा बिजुलि थिएन, नेपाल भारत सिमा क्षेत्रमा रहेको मुसिनाका गाउँमा विद्युत् नहुँदा पुरै गाउँ अन्धकार थियो । बत्ती बलेको हेर्न शहर बजार जानुपर्ने थियो । आफ्नो गाउँमा विजुली बत्ती बलेको हेर्ने सपना थियो । भारतबाट मट्टीतेल ल्याएर टुकी बाल्दै जिवन गुजारा गरियो मुसिनाकामा तर, त्यो भारतबाट मट्टीतेल ल्याएर टुकी बाल्दै जिवन गुजारा चलाउने समयको अन्त्य भएको गढवा गाउँपालिका वडा नम्बर ८ मुसिनाका निवासी प्रेम बुढाले बताउनुभयो । लामो प्रयास पछि जनप्रतिनिधिले बिद्युत्त लाइन बिस्तार गरि मुसिनाकामा बिजुली बाल्न पाउने अबसर दिएको भन्दै बुढाले गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सद्दाम सिद्दिकीलाई धन्यवाद भन्नुभयो । लामो प्रयासपछि मुसीनाकामा बिद्युत् पुगेपछि नाकाबासीले खुसी व्यक्त छन् ।

उहाँले भन्नुभयो, ‘जनप्रतिनिधिले हामीलाई अन्धाकारबाट मुक्ती गराउनु भयो । जनप्रतिनिधि हुनु र नहुनुमा धेरै फरक हुदो रहेको उदाहरण दुर्गम नाकामा विजुली बत्ती बालेर प्रष्ट देखाउनु भयो वडाध्यक्ष सिद्धिकीले ।’ ‘मुसिनाकामा विद्युत् बाल्ने सपना आज साकार भयो । मकै पिस्न र मोबाइलचार्ज गर्न भारतको बालापुर जानु पर्दथ्यो अब यो बाध्यता टरेको छ ।’

नाकामा विद्युत् पुग्नु अघि नाकालीहरुको दिनचर्या टुकी र दियालोमै चलेको वडा अध्यक्ष सद्दाम सिद्दिकीले बताउनुभयो । उहाँले भन्नुभयो,–। ‘चुनाब जित्नुअघि जनतासंग बोलेको बचन पुरा भएको छ, स्थानीय नागरिक जत्तिखुसी छन् म पनिझनै खुसी छु । मेरो क्षेत्रलाई मेरै कार्यकालमा झिलिमिलि बनाउने योजना बनाएको छु । मेरो एकल प्रयासले मात्रै पुग्दैन । जनताको पनि उतिकै साथ र सहयोग चाहिन्छ मलाई । गढवा गाउँपालिकाको १० लाख र वडा कार्यालयको ३५ लाख गरि कुल ४५ लाखको लागतमा मुसीनाकामा बिद्युत्त बलेको हो ।’ कोइलाबास देखि खबरीनाका हुदै भौवानाका जोड्ने बिद्युत् लाइन बिस्तारको काम अगाडी बढीरहेको छ ।

गढवा गाउँपालिका र नेपाल बिद्युत् प्राधिकरणसंगको समन्वय सहकार्यमा यस बर्ष खबरीनाका सम्म बिद्युत् बिस्तार हुदै गरेको र सो अभियान भौवानाका सम्मको रहेको उहाँले बताउनुभयो । वडा कार्यालयको ३० लाख बजेटबाट काम अगाडी बढ्दै छ त्यसमा बिद्युत् प्राधिकरणको पनि लगानी छ वडा अध्यक्ष सद्दाम सिद्दिकीले भन्नुभयो । नेपाल भारतको सिमा क्षेत्रमा रहेको मुसीनाकामा एक कार्यक्रमका बिच बुधवार बिद्युत् वालेर उद्घाटन गरिएको छ । गढवा गाउँपालिका वडानं. ८ का वडाअध्यक्ष सद्दाम सिद्दिकी र नेपाल बिद्युत् प्राधिकरण गढवा शाखाका प्रमुख काँसी चौधरीले संयुक्त रुपमाबिद्युत्तको स्विच थिचेर उद्घाटन गर्नुभएको हो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *