रेडपाण्डाको छालासहित रोल्पाका ४ जना बाँकेबाट पक्राउ

बाँके, चैत २८। दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित रोल्पाका ४ जना बाँकेबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनछहरी गाउँपालिका वडा नम्बर १ का ४५ वर्षीय धन बहादुर रोका मगर, सोही ठाउँका १९ वर्षीय दिपेश रोका मगर, अर्का १९ वर्षकै विष्णु रोका मगर र ३० वर्षीय खिमान सिंह रोका मगर रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई विहीबार राती ९ बजे बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ बसपार्क स्थित लालीगुराँस होटलबाट रेडपाण्डाको २ थान छाला कारोवार गर्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो । अहिले उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

 

उनीहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (२) बमोजिम १ लाख देखि २५ लाखसम्म जरिवाना र १ वर्ष देखि १० वर्ष सम्म कैद सजाय हुन सक्ने छ ।

May be an image of animal

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *