खै म कसरी होइन भनैं (प्रीया नेपाली)

तिमी काे थियौ
म को थिए
नचिनेकी मैले नबुझेकी मैले
तिमीलाई अन्जान मै
आफूलाई भन्दा धेरै
खै किन अथाह प्रेम गर्न पुगे छु,
तिमीलाई आफ्नो ठानेर
खै कसरी मनका हरेक कुराहरू
तिमीलाई निर्भय बताउन थाले छु
खै कसरी भूले मैले
तिमी मेरो होइन भन्ने कुरा
अन्जान थियौं हामी
अपरिचित थियौं
तै पनि यो शरीरको एक
निकै खास हिस्सा
जस्लाई मन भनिन्छ ।।
हो त्यति मनमा…
तिमीलाई बास दिन थाले छु।
थाहा छैन किन ???
थाहा छैन कसरी …??
मैले तिमीलाई प्रेम गर्न पुगेँ छु !!
जानी नजानी तिमी सँगै
जिन्दगीको हजारौं हजार
सपनाहरु मनमा सजाउन थाले छु !!
थाहा छैन खोइ कसरी…..???
तिमी आफ्नै हो जस्तो लाग्छ,
यो जान्दा जान्दै पनि
तिमी मेरो आफ्नो होइन
र पनि हेर न यो स्वार्थी मनलाई,
आफ्नै हो भनी ढिपी गर्छ ।।
म कसरी सम्झाउँ अब,
यो मेरो अबुझ मनलाई..!!
तिमी मेरो होइनौं भनेर ।।
तिमी त अर्काको नासो पो त है !!
राखेल बनेर
बसेको यो मनलाई
म खै कसरी हुन्छ भनौं ।।
तिमी अर्कैको हो भनेर !!
यार…!!!
मालाई त मर्नु न बाँच्नु
बनाएको छ हो, तिम्रो मायाले
अब खै म कसरी होइन भनैं …???

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *