बबईमा खरका छाना भएका घरमा अब टल्कीने टिन

दाङ्ग (हापुरे) २९, चैत्र । बबई गाउँपालिका वडा नम्बर २ भरतपुर निबासी अपांग तुलबहादुर खत्रीको घर खरले छाएको छ । खरले छाएको घरमा निकै जोखिम हुने भएपछि समस्या रहनुभएका खत्रीलाई अब त्यस्तो नहुने भएको छ ।

यस्तै बबई गाउँपालिका ६ सुनपुरका लिले दमाईको सपना पनि यसै बर्ष पूरा भएको छ । खरको छाना भएको घरमा बस्दै आएका लिलेको सपनालाई गाउँपालिकाले टिन दिएपछि पूरा भएको हो ।

 

तुलबहादुर खत्री र लिले दमाईले जस्तै यो बर्ष बबई गाउँपालिकामा ५७२ परिवारका घरमा टिनका छाना टल्कीने भएका छन् । खरका छाना भएका तर, बबई सरकारले टिन बितरण गर्ने भएपछि खत्री जस्तै ५७२ परिवारलाई सहज हुने भएको छ ।

 

.बबई गाउँपालिकाले चालु आर्थिक बर्षमा ५७२ परिवारलाई टिन बितरण गर्नेलक्ष्य लिएको गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलले जानकारी दिनुभएको छ । चालु आर्थिक बर्षमा २३५ परिवारका लागि टिन, २४१ घर परिवारलाई टिन खरिदका लागि ५० हजारका दरले प्रति परिवारलाई रकम उपलब्ध गराउने तयारी गरिएको छ ।

यस्तै ९६ घर परिवार भने बाढी पिडित रहेको भन्दै उनीहरुका लागि पनि टिन बितरणको कार्यक्रम रहेको छ । संघीय सरकारको सहयोगमा स्थानीय पालिका सरकारले खरका छाना भएका जनताका घरमा अब टिन टल्कीने छन् । घर निर्माण र मर्मतको समयदलाई ध्यानमा राखेर टिन बितरण गर्ने कार्य सुरु भएको अध्यक्ष पौडेलले जानकारी दिनुभएको छ ।

टिन प्राप्त गरेपछि तुलबहादुर खत्रीले सरकारलाई धन्याबाद दिनुभयो । हामीले घरमा टिन लगाएको सपना मात्रै देख्थिम अहिले सरकारले पूरा गरेको छ—खत्रीले भन्नुभयो हाम्रा पनि दैब रहिछन् । लिले दमाईले पनि गरिब, दुखीलाई हेर्ने सरकार भएको भन्दै खुशी ब्यक्त गर्नुभयो ।

स्थानीयस्तरमा हुने आगलागीले बर्षौसम्म समस्यामा रहेका जनतालाई राहत मिलेको छ । यस्तो कार्यप्रति स्थानीय समेत खुशी भएका छन् । टिन किन्न नसक्नेका लागि खुशीको कुरा रहेको भन्दै लिले दमाईले यस्ता कार्य निरन्तर जारी राख्नुपर्ने बताउनुभयो ।

आगलागी र अन्य बिपदका घटनाहरु हुने भएपछि सरकारले खरका छाना भएका परिवारका लागि टिन बितरण गर्ने लक्ष्य राखेको छ । जंगलको नजिक रहेका बस्ती र केटाकेटीका कारण डढेलोको समस्या सहनुका साथै बर्षौदेखि लाखौँको धनजनको नोक्सान हुने भएपछि संघीय, प्रदेश र स्थानीय सरकारले यस्तो योजना अघि सारेका हुन् । आर्थिक अबस्थाका आधारमा वडा कार्यालय मार्फत् घर परिवारको छनौट गरी टिन बितरण गर्ने कार्य अहिले जारी राखिएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *