सि डि ओ कार्यलय लाई स्टार युवा क्लबका अध्यक्ष द्वारा सडक सुधार र कालोपत्रे गर्न माग

मुना खनाल
दाङ , गाउपालिकाको सडक सुधार र कालोपत्र गर्न स्थानीय युवा क्लबले सि डि ओ दाङमा माग गरेका छन् ।बङगलाचुली गाउपालिका को स्टार बङलाचुली  युवा क्लबको सदस्यहरुको भेला गरेर छलफल गरि माग गरेको हो।गाउपालिका तापाबाट चुन ढुङ्गा ओसारपसार गर्दा दिनमा सयौ टिप्पर गुड्ने बाटो धुलाम्मे र हिलाम्मे हुने भएको हुदा सडक सुधार र कालोपत्रे गर्न माग गरेको स्थानीय युवा क्लबको अध्यक्ष सुशील परिवारले बताउनु भयो।घोराही देखि बङगलाचुली गा.पा वडा न: ४ कमिरेचौर सहिद अनाराम चोक सम्म निर्माण व्यवसायले स्थानीय समुदायको पीडा र सडक छेउमा रहेको बिधालयको गुनासो र समुदायमा परेको असरलाई मध्यनजर गर्दै गा.पा मा भएको संयुक्त बैठकको निर्णय अनुसार आआफ्नो जिम्मेवारी पूरा गरिदिन अनुरोध गरिएको हो ।बिधालय आवतजावत गर्ने बिद्यार्थी ,अस्पताल जाने बिरामी र सबैलाई हिड्डुल गर्न सहज गराउन माग गरिएको अध्यक्ष सुशील परिवारले बताउनु भयो।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *