माधव समूहमा गयो भुकम्प – सिङ्गो जिल्ला कमिटी नै ‘मुलधार’ ओली पक्षमा फिर्ता

नवलपारसी । नेकपा एमालेभित्र देशभर समानान्तर कमिटी गठन गरी पार्टीलाई फुटको दिशामा लगिरहेको समयममा माधव समूहले बनाएको अनेरास्ववियु नवलपरासी जिल्ला कमिटी नै मुलधारमा फर्किएका छन् ।

सोमवार सो समुहका सबै विधार्थी नेताहरू मुलधारमा फिर्ता भएको विज्ञप्ती मार्फत जानकारी दिएका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र माधव समूहको नेताबीच भएको छलफल पश्चात उक्त समूहको विद्यार्थी संगठनले आगामी दिनमा फरक फरक गतिविधि नगर्ने तथा एकताबद्ध भई कम्युनिष्ट आन्दोलनलाई बचाई राख्ने उद्घोषका साथ माधव समूहको साथ छोडेका हुन् ।

अनेरास्ववियु मुलधार पक्षका जिल्ला संयोजक रमेश नेपाली तथा माधव समूहका संजय घिमिरेबीच भएको दुई पक्षिय सम्झौता गरी एकताबद्ध अनेरास्ववियु बनाई आगामी यात्रा तय गर्ने गरी गुटरहित अनेरास्ववियुको निर्माण भएको छ ।

अनेरास्ववियु माधव समूहको सम्पूर्ण विद्यार्थी संगठन नै मुलधारमा फर्किएपछि उक्त समूहका ६५ जनालाई अनेरास्ववियु जिल्ला कमिर्टीमा लगिने भएको छ । बाँकीलाई आवश्यकता र क्षमतको आधारमा अन्य तह वा संगठनमा जिम्मेवारी दिने तयारी गरिएको राष्ट्रिय युवा संघका नेता रमेश पौडेलले जानकारी दिनुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *