देउखुरीका नवनिर्वाचित पत्रकारहरुलाई स्वागत सम्मान

शिवु खनाल
दाङ, ३१ चैत
दाङको देउखुरी उद्योग बाणिज्य संघ लमहीले नेपाल पत्रकार महासंघको निर्वाचनमा नवनिर्वाचित भएका देउखुरीका सातजना पत्रकारहरुलाई स्वागत तथा सम्मान गरेको छ । निवर्तमान अध्यक्ष रत्नप्रसाद श्रेष्ठले राजधानीका लागि आवस्यक पुर्वाधार बनाउने तर्फ पत्रकारहरुले राज्यलाई घचघच्याउन तर्फ पहल गर्नुपर्ने बताउदै कोइलाबास नाका संचालनका लागि मिडियाबाट राज्यको ध्यान केन्द्रित गराउन अति आवश्यक भएको बताउनुभयो । साथै देउखुरी क्षेत्रको विकासका लागि पत्रकारहरुले कलमको माध्यम बाट भुमिका खेल्नुपर्ने विचार व्यक्त राख्नु भएको थियो ।
कार्यक्रममा अध्यक्ष खगेश्वर खनालले जबसम्म पत्रकारले सुचना बाहिर ल्याउदैन तब सम्म आम नागरिकले सत्य सुचना पाउदैन, देशको आमूल परिवर्तन गर्नमा पत्रकारहरुको भुमिका अपरिहार्य भएको बताउनुभयो । ज्यानै जोखिममा राखेर सुचना सम्प्रेषण गर्ने पत्रकारहरुको जिउ धनको पनि सरकारले ग्यारेन्टी गर्नु पर्छ अध्यक्ष खनालले भन्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका सह–सचिव दशरथ घिमिरे, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महिला उपाध्यक्ष चुमा आचार्य लगायतले मन्तव्य ब्यक्त गर्नुभएको थियो । देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेश्वर खनालको अध्यक्षता तथा निवर्तमान अध्यक्ष रत्नप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा सदस्य नुमाकान्त बोहराले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको संचालन सचिव बसन्त कुमार भन्डारीले गर्नुभएको थियो ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *