सांसद चाैधरीद्वारा नयाँ वर्षको शुभकामना

शिवु खनाल
दाङ, ३१ चैत
प्रतिनिधि सभा सदस्य मेटमणी चाैधरीले नयाँ वर्ष २०७८ सालको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएकाे छ । सदस्य चाैधरीले नयाँ वर्ष २०७८ साल आगमनको यस महत्वपूर्ण उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएकाे हाे ।

शुभकामना व्यक्त गर्दै प्रतिनिधि सभा सदस्य चाैधरीले सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को साझा राष्ट्रिय आकांक्षा हासिल गर्न अग्रसर भएसँगै विकासका प्रयासहरू तीव्रताका साथ अगाडि बढेको बताउनुभयाे । देश विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड-१९)को चपेटामा परेको बताउदैँ, कोभिड-१९ को संक्रमणकालीन अवस्थामा सबैले आफ्नाे स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्दै यस कठिन घडीमा उच्च मनोबल र सकारात्मक सोचका साथ महामारीको रोकथाम एवम् नियन्त्रणका लागि सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरू पुनः एकपटक एकजुट भई अगाडि बढ्न नयाँ वर्षले सबैमा उर्जा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको बताउनुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *