नेपालकाे काेराेना अपडेट : संक्रमितको संख्या ३ लाख ५१ हजार नाघ्यो

काठमाडौं बैशाख २२ । नेपालमा एकै साताभित्र २ सय २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । पछिल्लो एक साता थपिएको तथ्यांक आधार मान्दा प्रत्येक मिनेटमा दुई संक्रमित थपिने गरेका छन् । पछिल्लो साताको संक्रमण दर विश्लेषण गर्दा प्रत्येक तीन जनाको कोरोना परीक्षण क्रममा एकमा संक्रमण देखिने गरेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत बुधबारदेखि मंगलबारसम्म ४३ हजार ६ सय ३४ जनामा संक्रमण देखिएको छ । १ लाख १० हजार ४ सय ९३ जनाको कोरोना परीक्षण क्रममा ४३ हजार ६ सय ३४ मा संक्रमण देखिएको हो ।

त्यस्तै बितेको २४ घण्टामा नेपालमा थप ७ हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर विधिबाट १६ हजार १३१ जनाको परीक्षण गर्दा ७ हजार ५८७ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ५७१ जनाको परीक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ५१ हजार ५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ८७ हजार ७९० पुगेको छ । यस्तै मृतकको कुल संख्या ३हजार ४१७ पुगेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *