दाङमा स्कारपियो दुर्घटना हुदा एक जनाको मृत्यु, दुई घाईते

२२ बैशाख,घोराही /
दाङमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने दुई घाईते भएका छन् । घोराही मुर्कुटि सडक खण्डअन्तरगत घोराही ४ भंगाले भन्ने स्थानमा स्कारपियो दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।

बा १३ च ८०४८ नंम्वर को स्कारपियो दुर्घटना हुदा घोराही उपमहानगरपालिका १३ बडहराका चलक बिष्णु गिरीको घटना स्थलमै मृत्यु भएको र दुर्घटनामा परि तुलुसीपुर १६ का २३ वर्षिय बसन्त र तुलसीपुर ४ का ३३ वर्षिय राजकुमार थापा गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । घाईतेहरुको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।

गएराति दुर्घटना भएपनि घटनाको बारेमा विहान जानकारी पछि प्रहरीले घाईतेहरुको उद्धार गरेको हो ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *