बुटवलमा एकैरातमा ४ जना संक्रमितको मृत्यु

बुटवल । बुटवलमा एकैरातमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा गएराति ४ जना कोरोना संक्रमितको मृत्यु भएको हो।

अस्पतालका अनुसार बैशाख १५ गते भर्ना भएका बुटवल १२ का ४७ वर्षीय पुरुषको गएराति १० बजे मृत्यु भएको थियो भने आज बिहानै १ घण्टाकाबीचमा ३ जनाको मृत्यु भएको छ।

१९ गते अस्पताल भर्ना भएकी कञ्चन गाँउपालिका ४ की २७ वर्षीया महिलाको बिहान ५ः४५ बजे मृत्यु भएको छ भने १८ गते भर्ना भएकी बुटवल ९ की ५४ वर्षीया महिलाको बिहान ६ः२५ मा मृत्यु भएको छ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *