दाङमा एम्बुलेन्सले मनपरी भाडा लिएको भन्दै अनुगमन समिति गठन

२२ बैशाख,घोराही /
पछिल्लो समय दाङमा कोरोना संक्रमितलाई बोक्ने एम्बुलेन्सले आफूखुशी मनपरी भाडा उठाउने गरेको भन्दै जिल्ला प्रशासन कार्यालय दाङको अगुवाईमा अनुुगमन समिति गठन गरिएको छ ।

आज प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी राणाको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय, दाङ जिल्ला उद्योग वाणिज्य संघ, देउखुरी उद्योग वाणिज्य संघ, रेडक्रस सोसाईटि, संयुक्त एम्बुलेन्स चालक समिती, जिल्ला भित्रका सबै पालिकाका प्रतिनीधी सदस्य रहने गरि अनुगमन समिती गठन गरिएको हो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *