दाङमा अक्सिजन उत्पादन सुरु

दाङ बैशाख २३ । कोरोनाका बिरामीलाई अक्सिजन अभाब हुन नदिन दाङमा अक्सिजन उत्पादन थालिएको छ । जिल्लामा अक्सिजनको हाहाकार हुदा बन्द अबस्थामा रहेको अक्सिजन प्लान्ट  सूचारु गरिएको हो । जिल्ला प्रशासन कार्यालय दाङ,स्थानिय निकाय,प्रहरीको समन्वयमा ग्यास प्लान्ट सुरु गरिएको हो । ६बर्ष पहिले स्थापना गरिएको ग्यास प्लान्ट विद्युत अभावका कारण  पटक /पटक बन्द हुदै आएको थियो । यसपटक भने राष्ट्रिय प्रशारण लाईनबाट बिद्युत जडान गरी उद्योग सुरु गरिएको छ । घोराहीमा रहेको उक्त उद्योगबाट दैनिक १५० सिलिण्डर अक्सिजन उत्पादन हुदै आएको प्लान्ट  संचालक टोपाराम पौडेलले बताउँनुभयो ।

सामान्य अबस्थामा जिल्लाभर  दुईसय सिलिण्डर ग्यास आबश्यक पर्दछ । तर कोरोनाका बिरामी थपिदै जाँदा  दैनिक चार देखि पाँचसय सिलिण्डर खपत हुदै आएको छ । चार करोडको लागतमा सुरु भएको उद्योगबाट दैनिक दुईसय सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमता छ । तर विद्युत अभाब हुदा क्षमता अनुसार उत्पादन छैन ।उद्योगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र लुम्बिनी प्रदेशको कोरोना बिशेष अस्पताल बेल्झुण्डीलाई पहिलो प्राथमिकता दिदै ग्यास उपलब्ध गराएको छ । जिल्लामै  अक्सिजन उद्योग संचालन हुदा कोरोना संक्रमित बिरामीको उपचारमा सहयोग पुगेको स्थानिय बताउँछन् ।  अक्सिजनको उत्पादन भन्दा  माग ज्यादा हुदा नेपालगंञ्ज,बुटवल,भैरहवा चितवनबाट ग्यास आउँने गरेको छ ।यो संगै जिल्लामा उत्पादित ग्यासले थौरे भएपनि राहत दिएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *