कोरोना संक्रमणबाट पूर्वमन्त्री पहाडीको मृत्यु

बाँके, बैशाख २३। कोरोना संक्रमणबाट पूर्वमन्त्री मोतिप्रसाद पहाडीको मृत्यु भएको छ। सक्रमण देखिएपछि घर मै होम आइसोलेशनमा बसेका ७८ वर्षीय पहाडीको हिजो नेपालगन्जको भेरी अस्पतालमा भर्ना हुनुभएको थियो। उहाँको गएराति नै मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो।डोल्पा घर भएका पहाडि पछिल्ला दिनहरुमा नेपालगन्जमा बसोबास गर्दै आउनुभएको छ। पहाडी २०३८ सालमा सूर्य बहादुर थापाको मन्त्री मण्डलमा निर्माण तथा यातायात सहायक मन्त्री बन्नुभएको थियो। २०५२ सालको शेर बहादुर देउवा मन्त्रिमण्डलमा पनि पहाडी मन्त्री बन्नुभएको थियो।२०४६ सालको परिवर्तनपछि कांग्रेस प्रवेश गर्नुभएका उहाँ २०५१ सालमा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार भई चुनाव जित्नुभएको थियो। पछि कांग्रेस प्रवेश गरी २०५२ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा पहिले कानुन राज्यमन्त्री, पछि वन तथा भू संरक्षण र आपूर्ति मन्त्री बन्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *