प्रमुख र उपप्रमुखले चढ्ने गाडी एम्बुलेन्सका रूपमा प्रयोग

बैशाख २३। रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख र उपप्रमुखले चढ्ने सवारीलाई कोरोना सङ्क्रमित बिरामीका लागि प्रयोगमा लगाइने भएको छ । नगरप्रमुख वासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी चौधरीले आफूले चढ्दै आएका गाडी कोरोना सङ्क्रमित बिरामीका लागि प्रयोगमा लगाउनुभएको हो । सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै जाँदा एम्बुलेन्स समयमा नपाउने र एम्बुलेन्स सेवा पर्याप्त नभएपछि नगरप्रमुख र उपप्रमुखले आफूहरुले चढ्दै आएका दुई गाडी बिरामीको सेवाका लागि प्रयोगमा लगाउने निर्णय गर्नुभएको हो ।नगरपालिकामा हाल आफ्नै मातहतमा दुई एम्बुलेन्स सञ्चालनमा छन् । नगरप्रमुख र उपप्रमुखले चढ्ने दुई गाडीसमेत गरी अब चार सवारी साधनले कोरोना सङ्क्रमित बिरामीलाई बोक्नेछन् । छिटोछरितोरूपमा सेवा दिनका लागि आफूहरुले चढेको गाडी कोरोना सङ्क्रमितका लागि प्रयोगमा ल्याइएको नगरप्रमुख घिमिरेले बताउनुभयो । आज नगरप्रमुख र उपप्रमुखले आफूले चढ्ने गाडीको चाबी कोरोना फोकल पर्सन केशव भट्टराईलाई हस्तान्तरण गर्नुभयो ।कोरोना महामारीको विकराल रूप नहट्दासम्म आफूहरु वैकल्पिक व्यवस्था गरी जनताको सेवामा जुट्ने उपप्रमुख चौधरीले बताउनुभयो । सङ्क्रमितलाई अन्य साना सवारी साधनले सजिलै अस्पताल वा आइसोलेशनमा नपु¥याउँदा समस्या बढ्दै गएको पाइएकाले यो निर्णय गरिएको उहाँहरुको भनाइ छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *