राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई ५० सिलिण्डर अक्सिजन प्रदान

बैशाख, दाङ  । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीलाई अक्सिजन सिलिण्डर प्रदान गरिएको छ । प्रतिष्ठानका बिरामीलाई अक्सिजन अभाव हुदा घोराही उपमहानगरपालिकाले ५० सिलिण्डर अक्सिजन ग्याँस प्रदान गरेको हो । उपमहानगरपालिका उपप्रमुख सिता सिग्देल न्यौपानेले प्रतिष्ठानका कार्यकारी निर्देशक प्रज्ञा बस्नेतलाई सिलिण्डर प्रदान गर्नु भएको हो ।

प्रतिष्ठानमा अक्सिजन अभाव हुदा कोरोना संक्रमित बिरामीको उपचारमा समस्या हुदै आएको थियो । उपमहानगरपालिकाले अक्सिजन दिएपछि प्रतिष्ठानले २५ बेडको अक्सिजन सहितको आईसोलेशन थप गरेको कार्यकारी निर्देशक बस्नेतले जानकारी दिनुभयो । अस्पतालमा भरिएका र खाली गरी हाल १२० सिलिण्डर अक्सिजन ग्याँस छन् ।

प्रतिष्ठानमा थप अक्सिजन ग्यास प्राप्त भए १० बेडको आई.सि.यु र भेन्टिलेर संचालन गर्ने तयारी गरिएको छ । कोरोना संक्रमित विरामीको उपचार गर्न बजेट अभाव देखिएपछि प्रतिष्ठानलाई ४५ लाख रुपैयाँ उपमहानगरपालिकाले सहयोग गरेको छ । हाल प्रतिष्ठानमा २६ जना कोरोना संक्रिमित बिरामीको उपचार हुदैछ ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *