जो अब घुम्तीमा भेटिँदैनन्

२३ वैशाख, काठमाडौं । ‘युगको एउटा प्रतिनिधि स्वरको समाप्ति भएको छ ।’

गायक प्रेमध्वज प्रधानको निधनपछि गीतकार कालीप्रसाद रिजालले दिएको अभिव्यक्ति हो यो । रिजालका अनुसार प्रेमध्वजको निधनले नेपाली संगीतमा मात्र नभई विश्वभरि रहेका नेपालीमाझ गहिरो शोक परेको छ ।

प्रेमध्वजको स्वरले हाम्रो आधुनिक संगीत हराभरा बनाएको छ । अब त्यो सुरको भौतिक उपस्थिति सम्भव छैन’, ८२ वर्षीय रिजालले अनलाइनखबरसँग भने ।

बाल्यकालदेखि नै प्रेमध्वजका गीत सुन्दै आएका कवि दिनेश अधिकारी प्रेमध्वजलाई जीवनको अन्तिम क्षणसम्म संगीतमा समर्पित स्रष्टा मान्छन् ।

अधिकारीले गत चैतमा मात्रै प्रेमध्वजसँग भेटेर रमाइला कुरा गरेका थिए । नशाको समस्या बल्झिएपछि बिहीबार दिउँसो सुन्धारास्थित काठमाडौं न्युरो एण्ड जनरल अस्पतालमा उनको निधन भयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *