नेपालकै कान्छा जनप्रतिनिधिको नमुना काम ‘उपचारमा सहजता ल्याउन जनप्रतिनिधिको बोलेरो जिप (एम्बुलेन्स्)का रुपमा संचालन’

शिवु खनाल
दाङ, २४ बैशाख
कोरोना भाइरस (कोभिड १९) का संङ्क्रमितहरूको उपचारमा सहजता ल्याउन दाङको गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सद्दाम सिद्दिकिले आफ्नो व्यक्तीगत बोलेरो जिप निशुल्क एम्बुलेन्स्का रूपमा प्रयोगमा ल्याउनु भएको छ । चोस्रो चरणको कोरोनाको महामारी फैलिन सक्ने भन्दै बिरामीहरुको उपचारमा सहजता ल्याउन वडाध्यक्ष सिद्दिकिले आफ्नो व्यक्तीगत युपि ४७ पी ६०९१ भारतीय नम्बरको बोलेरो जिप निशुल्क एम्बुलेन्स्को रूपमा सचालनमा ल्याएको बताउनुभयो । उहाँले आवश्यक परेको खण्डमा बोलेरो जिप गढवा गाउँपालिकालाई पनि उपलब्ध गराउने निधो गरेको जानकारी दिनुभयो ।
वडामा एम्बुलेन्स् नभएकै कारण वडाध्यक्ष सिद्दिकिले विगत तीन वर्षदेखि निरन्तर आफ्नो व्यक्तिगत बोलेरो जिप निशुल्क रुपमा वडाका बिरामीलाई उपलब्ध गराउदै आउनु भएको छ । कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन तिव्र रूपमा फैलिएको बेला वडाध्यक्ष सद्दाम सिद्दिकिले बिरामी बोक्नको लागि सुविधायुक्त बोलेरो जिप उपलब्ध गराएको भन्दै स्थानीयले खुसि व्यक्त गरेका छन् । गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सद्दाम सिद्दिकि नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रबाट २०७४ सालमा वडाध्यक्षमा चुनाव जितेर स्थानीय तहमा आउनु भएको हो । उहाँ नेपालकै कान्छा जनप्रतिनिधि पनि हुनुहुन्छ ।
स्थानीयको घर दैलोमा निशुल्क खानेपानी पु¥याउदैँ वडाध्यक्ष सिद्दिकि
नेपालमा कोरोना भाइरस (कोभिड १९)का कारण दिनप्रतिदिन मानिसहरुले अकालमा ज्यान गुमाइ रहेको छन् । पछिल्लो समय यता कोभिडका कारण मृत्यु हुनेहरुको संख्या दाङ सहित नेपलामा ह्वात्तै बढिरहेको छ । त्यती मात्रै नभइ कोभिड १९ का कारण कैयाँै मानिसहरु अस्पतालमा अक्सिजन नपाएकै कारण छटपटाइरहेका छन् ।
कोभिडका कारण मानिसहरु छटपटाइरहेका बेला दाङको गढवा गाउँपालिका वडा नम्बर ८ कोइलाबास नाकामा डिप बोरिङ्गमा पानी नआउँदा खानेपानीको हाहाकार मच्चियो । गत एकहप्ता सम्म काकाकुल कोइलाबासमा खानेपानीको चरम समस्य उत्पन्न भयो तर, त्यस्का बाबजुत पनि गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सद्दाम सिद्दिकिले व्यक्तीगत खर्चमा स्थानियहरुको घर–घरमा खानेपानी पु¥याउदँै आउनु भएको छ ।
व्यक्तीगत चालिस हजार खर्चमा खानेपानीको टेङ्कर भाडामा लिएर दिनमा तेह्र हजार लिटर शुद्ध खानेपानी स्थानियहरुको घरघरमा पु¥याउदँै आएको वडाध्यक्ष सिद्दिकिले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,–। ‘करिब पाँच किलोमिटर भारतको जरूवा स्थित टेङ्कर र आफ्नै टेक्टर प्रयोग गरेर विहान बेलुकी गरि दिनमा तेह्र हजार लिटर शुद्ध खानेपानी स्थानीयको घरमै पु¥याउदैँ आएको छु ।’
डिप बोरिङ्गमा पानी नआउदा काकाकुल कोइलाबासमा १ सय ५० घरधुरी संख्याले खानेपानीको चरम समस्य खेप्नुपरेको अवस्था थियोे । ‘पुनः खानेपानीको सहज हुन करिब डेर महिना लाग्ने छ । डेर महिना सम्म स्थानीयलाई निशुल्क खानेपानी घर–घरमा पु¥याउने छु, वडाध्यक्ष सिद्दिकिले भन्नुभयो । खानेपानीको सहज भएसंगै स्थानीयले खुसि व्यक्त गरेका छन् ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *