कोरोना परीक्षण गर्न प्रधानमन्त्री ओलीको स्वाब संकलन

२४ वैशाख, काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ ।

शुक्रबार बालुवाटारमा प्रधानमन्त्री, उनका स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकसहित १०० जनाभन्दा बढीको स्वाब संकलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

यसअघि गत बुधबार प्रतिनिधिसभाका सांसदहरु र कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो जसमा ४ सांसद र संसद सचिवालयका ३ कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *