कोरोना संक्रमीत पत्रकार दाहालको मृत्यु

२५ बैशाख,काठमाडौं । कोरोना संक्रमणका कारण पत्रकार दिनेश दाहालको ४० बर्षको उमेरमा निधन भएको छ । सुमेरु अस्पतालको भेन्टिलेटरमा उपचाररत उनको शनिबार निधन भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि बैशाख १० मा उनलाई सुमेरु अस्पताल धापाखेलमा भर्ना गरिएको थियो ।

कोरोना संक्रमणसँगै निमोनिया देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । केही दिनअघि उनको कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो । तर, निमोनिया ठीक नभएपछि उनको निधन हुन पुगेको अस्पतालले जनाएको छ ।

जनप्रहार साप्ताहिकको सम्पादक रहेका दाहाल पछिल्लो समयमा सिटिजन पोष्ट डटकमका सम्पादक थिए । काभ्रेको मेथिनकोट घर भएका दाहालका श्रीमती एक छोरा र एक छोरी छन् । उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *