दुई देशको सिमा स्तम्भ सिमालको बोट ‘दशगजामा सिमा स्तम्भ नभएकै कारण सिमाना छुट्टयाउन सिमलको बोट मान्नुपर्ने बाध्यता’

शिवु खनाल
दाङ, २५ बैशाख
नेपाल भारत सिमाक्षेत्र नजिकै रहेको दशगजामा ठुलो सिमलको बोट छ । दक्षिणतर्फ भारत र उत्तरतर्फ नेपालको बिचमा दशजगाको केन्द्र विन्दुमा ठूलो सिमलको बोट छ । सिमलको बोटदेखि उत्तर तर्फबाट नेपालबाट भौवाखोला भारत तर्फ बग्छ । नेपालबाट भारततर्फ बग्छ । सिमलको बोटदेखि उत्तर तर्फ नेपाल बस्तिहरू सजिलैसँग देख्न सकिन्छ भने पश्चिमतर्फ ६ सय २५ नम्बर र पूर्वमा ६ सय २४ नम्बरको नेपालको सिमा स्तम्भ रहेको छ, दुई देशको सिमानालाई छुट्टयाउने यही सिमलको बोटलाई मान्दै आएका छौँ, दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ भौवानाका निवासी नेकबहादुर श्रेष्ठले भन्नुभयो,–। ‘रूकुमबाट २०४२ सालमा बसाइँसराइ गरि भौवानाका आएदेखि दुई देशलाई छुट्टयाउने यहि सिमललाई मान्दै आएका छौँ । दशजगामा सिमा स्तम्भ नभएकै कारण सिमलको बोटलाई सिमा स्तम्भ मान्दै आएका हौँ । सिमलको बोटदेखि ठ्याक्कै दक्षिण तर्फ भारतीय (एस.एस.बी) क्याम्प रहेको छ ।’
बसाइँसराइ गरेर भौवानका झरेका अधिकांश सिमाबासीहरूले दशजगामा सिमा स्तम्भ नभएकै कारण दुई देशको सिमा छुट्टयाउने सिमलको बोटलाई मान्दै आएका हुन् । ‘बसाइँसराइ गरेर भौवानाका झरेदेखि यहि सिमलले दुई देशको सिमाना छुट्टयाउदै आएको छ । बसाइसराई गरि हामी आउँछ सानो बिरुवा थियो । अहिले बढेर अन्दाजि दुईसय फिट अग्लो भएको, स्थानीय मंगल खड्काले भन्नुभयो,–। ‘भारतले पनि सिमल देखि दक्षिणतर्फ खनजोत देखि लिएर अन्य केही कामकाज गर्न दिदैन । जे गर्छाैं सिमल देखि उत्तरतर्फ कामकाज गर्छाै हामीले ।’
दशजगामा नेपालको सिमा स्तम्भ नभएकै कारण सिमलको बोटलाई सिमा स्तम्भ मान्न बाध्य भएको स्थानीय मंगल खड्काले बताउनुभयो । दशगजामा सिमा स्तम्भ नहुदा सिमलको बोटलाई सिमा स्तम्भ मानेर भारत र नेपालतर्फको भु–भाग छुट्टयाइएको पाइन्छ । आफ्नै गाउँपालिका आउन पनि भौवमनाकाबासीलाई भारतको भुमि प्रयोग गर्नुपर्ने बाध्यताले उनिहरू भारतीय सुरक्षाकर्मीको ज्यादती सहनु परेको, मंगल खड्काले बताउनुभयो ।
नेपाली भुमि प्रयोग गर्न वर्षायाममा गतिलो बाटो नहुदा नाकाबासीले नेपालमै आउन भारतिय भुमि प्रयोग गर्नुपर्ने अवस्थाले नाकाबासीलाई थप समस्या गरेको हो । यता भारतीय एसएसबीले पनि हाम्रो सिमाना कहाँसम्म छ हामीलाई पनि ठ्याक्कै थाहा नभएको बताउदै आएको स्थानीय भौवाबासीहरू बताउँछन् । सिमाक्षेत्रमा बसोबास गर्दै आइरहेका नाकाबासीहरूको अनुसार भारतीय एसएसबीले पनि दुई देशको सिमा छुट्टयाउने सिमलको बोटलाई मान्दै आएको उनिहरूको भनाइ रहेको छ ।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *