आज आइतबार दाङमाथप १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि

२६ वैशाख,घोराही ।
दाङमा कोरोना संक्रमित थपिने दर हिजो भन्दा आज कम रहेको छ । दाङमा आज थप १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङका अनुसार संक्रिय संक्रमितको संख्या १ हजार ९ सय १३ रहेको छ । यो संगै बैशाखयता कुल संक्रमितको सख्या ३ हजार १ सय ६८ पुगेको छ ।

जिल्लामा आज २१६ जना निको भएका छन् । यो संगै बैशाखयता जिल्लामा निको हुनेको संख्या १ हजार २ सय ५५ पुगेको छ । जिल्लामा थप ८ जना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा घोराहीका ६ जना बबई र दंगीशरणका १र१ जना रहेका छन् । यो संगै बैशाखयता मृत्यु हुनेहरुको संख्या ६६ पुगेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *